Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, एकैदिन ११ जनाको ज्यान गयो


काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण एकै दिन थप ११ जनाको मृत्यु भएको छ । ११ जना मध्ये १ जना महिला र १० जना पुरुष रहेका छन् । यो संख्या नेपालमा एकै दिन मृत्यु हुने अहिलेसम्मकै उच्च संख्या हो । मृतकहरु काठमाडौ, भक्तपुर, पर्सा, मोरङ, सर्लाही, चितवन, दोलखा, वारा, सप्तरी, ललितपुर, र मकवानपुरमा कोरोना संक्रमितको मृत्यु भएको हो । यो सगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ५ सय ७९ जनाको पिसिआर परिक्षणमा काठमाडौ उपत्यकामा १ सय ८२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १ सय ४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना सहित ८ सय ३८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । एकैदिन २ सय ५० जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा १८ हजार २ सय १४ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म भएको कोरोना परिक्षण अर्थात् पिसिआर परिक्षणको हिसाव सार्वजनिक गरेको छ । अहिलेसम्म ५ लाख ७९ हजार ८ सय ९९ परिक्षणको क्रममा ३ अर्ब १८ करोड ९४ लाख ५४ हजार रकम खर्च भएको छ । मन्त्रालयले एक जना संक्रमित पहिचान गर्नको लागि १ लाख भन्दा बढी रकम खर्चिने गरेको हुदा आम सर्वसाधारणले सरकारले तोकेको मापदण्को पुर्ण पालना गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनमा आइसियूमा विरामीको संख्या बढेको जनाएको छ । देशभर १ सय ३३ जनाको आइसियूमा उपचार भइरहेको छ । त्यस्तै १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ भने संस्थागत आइसोलेसनमा रहेकाको संख्या ८ हजार ५ सय ४६ रहे्को छ । यस्तै होम आइसोलेसनमा ३ हजार ५ सय ८६ जना रहेका छन् । देशभरका क्वोरन्टिनमा १२ हजार २ सय ३४ जना रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #एकैदिन ११ जनाको ज्यान गयो, #कोरोना संक्रमण, #मृत्यु हुने अहिलेसम्मकै उच्च संख्या

तपाईको कमेन्ट लेख्नुहोस्