एकैदिन कोरोनाबाट ६ जनाको मृत्यु, उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण
काठमाडौं । एकैदिन नेपालमा कोरोना भाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थप ६ जनाको मृत्यु भएको जानकारी दिए । यो सँगै नेपालमा कुल मृतकको संख्या १ सय २० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १ सय ३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । देशभर भने ६ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय २० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७ सय पुगेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्