Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

नेपालको राष्ट्रिय झण्डा जलाइएमा चौतर्फी आलोचना, युट्युवमा आपत्तिजकन भिडियो


काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाउँदै एउटा भिडियो युट्युवमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ । घृणा र आपसी विभाजनलाई प्रशय दिने खालका शब्दसहितको र्‍याप गीत युट्युब मार्फत सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको हो । मंगोल ग्याल्ज ली नाम गरेका र्‍यापरले आफै रचना गरी तयार पारेको गीतको म्यूजिक भिडियोमा नेपालको झण्डा जलाएको दृश्य राखिएको छ ।

सार्वजनिक भएको गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाएको छ । गीतका शब्दमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको छ । जातीय द्धन्द्धलाई प्रशय दिने खालको गीतमा ढाका टोपीलाई पनि अपमानजनक शब्द प्रयोग भएको छ । बाहुन–क्षेत्रीलाई आदिबासीको ‘दुश्मन’ का रुपमा प्रस्तुत गरिएको गीतको नाम ‘देशद्रोही’ रहेको छ । ‘मंगोल होप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा बाहुन–क्षेत्रीलाई शरणार्थी र लुटेरा समेत भनिएको छ ।

भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतको तस्बिर पनि जलाइएको छ । भिडियोमा मकवानपुरको पूर्वी बागमती गाउँपालिका–३ सल्लेनीस्थित विष्णु आधारभूत विद्यालयको क्षेत्र देखिएको छ ।

दुई लाख तेहीस हजार भन्दा बढी पटक हेरिएको भिडियोमा ५९ हजार भन्दाबढी डिसलाइक गरिएको छ । १ हजार ४ सय मात्रै लाइक गरिएको छ । कमेन्टमा सबैले गितको आलोचना गर्दे कारवाहीको माग गरेका छन् । देशद्रोही शीर्षक राखिएको सो भिडियोको तल गायकको परिचय दिएको छ । मंगोलियन र्र्याप नाम दिइएको सो गीतका रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम, भाषा खस र राष्ट्रियता नेपाली लेखिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बाहुन–क्षेत्रीलाई शरणार्थी र लुटेरा, #राष्ट्रिय झण्डा जलाउँदै

तपाईको कमेन्ट लेख्नुहोस्