कोरोना कहर : बाँकेमा एक जनाको मृत्यु, चितवनमा ४२ शसस्त्र प्रहरी सहित ५० जनामा संक्रमण
काठमाडौं । बाँकेमा कोरोनाबाट थफ एक जनाको मृत्यु भएको छ। सोमबार राति साढे ११ बजे नेपालगञ्ज–५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । साउन ३० गतेदेखि उनीमा कोरोनाको लक्षण देखिएको थियो। ३२ गते नेपालगञ्ज मेडिकल कलेज भर्ना गरेर स्पतालले स्वाव लिएर परीक्षण गर्न पठाएको थियो। दिउँसो कोरोना पोजिटिभको रिपोर्ट आएका ती व्यक्तिको राती नै मृत्यु भएको अस्पतालले बताएको छ । बाँकेमा यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर गरी ४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।
त्यस्तै, चितवनको राप्ती नगरपालिका भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ। यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको थियो ।
६० जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको हो । बाहिनीमा ३ सय भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । प्रयोगशालाका अनुसार ५० सङ्क्रमितमध्ये ४६ जना चितवनका रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण, #सशस्त्र प्रहरी
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्