काठमाडौं उपत्यकामा १६८ सहित ५८१ जनामा कोरोना संक्रमण
काठमाडौं । एकै दिन काठमाडौं उपत्यकाभित्र थप १ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा एक सय ३९ जना, ललितपुर १५ जना र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् । देशभर एकै दिन ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५ सय ८१ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा १ सय ५९ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ९९ रहेको छ । देशभर आइसीयुमा १ सय १३ जना उपचाररत छन । नम्बर १ मा १ जना, प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश नम्बर ५ मा ११ जना संक्रमित उपचाररत रहेका छन् । बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यतिबेला देशभरका आइसोलेसनमा ९ हजार ६ सय ३९ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #काठमाडौं उपत्यका, #कोरोना संक्रमित
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्