नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । वीरगञ्जमा थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति ज्यान गएको कोरोना अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिएका छन् । कोरोना संक्रमण पुष्टि भइ अस्थायी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार राती करिब ८ बजे मृत्यु भएको हो ।
प्यारालाइसिस, मधुमेहका समेत बिरामी रहेका उनी कोरोना संक्रमण पुष्टि भइ साउन २७ गते उपचारको लागि अस्पतालमा भर्ना भएका थियो । यसअघि हिजै राति धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । बिहिबार कोरोना संक्रमण पुष्टि भएका पुरुषलाई जनकपुरधामबाट काठमाडौँ रिफर गर्दा बाटोमै मृत्यु भएको हो ।
स्वास प्रश्वासको समस्या भएपछि उनलाई अस्पतालमा ल्याईएको थियो । यससँगै धुनषामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय एक पुगेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाबाट मृत्यु, #नेपालमा कोरोना संक्रमण
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्