Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

प्रधानमन्त्री र जसपाबीच आरोप–प्रत्यारोप, बिज्ञप्तीमै लफडा


काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिका बैठकले आइतबार बसेको बैठकपछि जारी गरेको विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको आरोप लगाइएको थियो । यो आरोपको प्रधानमन्त्रीको सचिवालयले घोर निन्दा र आपत्ती प्रकट गरेको थियो । तर त्यसको खण्डन गर्दै जनता समाजबादी पार्टीका नेता महीन्द्र यादव भने प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको सरकारले केही गर्न नसकेको दाबी गर्छन् । कोरोना , बाढीपहिरो र अन्य अप्ठेरो परिस्थितिमा पनि सरकारले केही गर्न नसकेको यादवको दाबी छ । उनले अहिले नेकपा पतनको बाटोमा गएको जसपा नेता महेन्द्र यादवले आरोप लगाए ।

जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली माथि प्रयोग गरेको भाषा र शैली अशिष्ट र पूर्वाग्रही, दुराशयपुर्ण भएको भन्दै प्रधानमन्त्री ओलीको सचिवालयले निन्दा र खेद प्रकट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार एक प्रेस नोट जारी गर्दै जसपाले प्रयोग गरेको भाषा शैलीलाई कुण्ठाग्रस्त गाली गलोज र दिवालियापनको संज्ञा दिएका छन् ।

पटक–पटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकाहरुको दलवाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौज मात्र हो र सोचको दिवालियापन नै हो भनिएको छ । यसरी दुई दलबिच चलेको वाक युद्धले राजनीतिक बृत्त तातेको छ ।

अझ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नै संलग्न रहेको जनता समाजवादी पार्टीवाट नै यस खालको अभिब्यक्रि आउनुलाई प्रधानमन्त्रीको सचिवालयले अर्थपूर्ण रुपमा हेरेको छ । तराई मधेशका दलहरु फुटाउन प्रधानमन्त्री ओली सक्रिय रहेकोे, सांसद अपहरण काण्ड, दल बिभाजन सम्वन्धि बिद्ययेक लगायतका कारणहरुले जनता समाजवादी पार्टी प्रधानमन्त्री ओलीसँग चिढिएकोले पनि यस्ता अभिब्यक्रिहरु ऋोकलेको हुन सक्छ भन्ने आँकलन भईरहेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जनता समाजबादी पार्टी, #प्रधानमन्त्री र जसपा, #प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं