काठमाडौं उपत्यकामा ६२ सहित ३ सय ७८ जनामा कोरोना संक्रमण
काठमाडौं । एकै दिन काठमाडौं उपत्यकामा ६२ सहित ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ९९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ८८ जनाको परीक्षण भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ रहेको छ। देशभर क्वारेन्टिन १० हजार ७ सय ९२ रहेका छन्।
कोरोनाले ज्यान गुमाउनेको संख्या ७३ पुग्यो
नेपालमा शनिबार थप तीन जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।
पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिला गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #कोरोना मुक्त भएर डिस्चार्ज
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्