Techie IT
  • ९ माघ २०८१, बुधबार
KhojPatrika

विश्वमा एकै दिन २ लाख ४६ हजार ५६६ जनामा कोरोना संक्रमण


काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणदर अझै घट्न सकेको छैन् । एकै दिन विश्वमा २ लाख ४६ हजार ५ सय ६६ जना संक्रमित भएका छन् । यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ८ हजार ८ सय ४९ पुगेको हो । कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । आइतबार बिहानसम्म १ करोड १३ लाख १८ हजार ८ सय ५२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् । यस्तै एकै दिन ५ हजार ३ सय ८६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८८ हजार ५ सय ९१ पुगेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ४१६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४७ लाख ६४ हजार ३ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ८ सय ९८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २३ लाख ६२ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, कोरोनाकै कारण ब्राजिलमा २७ लाख नाघेको छ । एकैदिन ४२ हजार ५२८ जना संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २७ लाख ८ हजार ८ सय ७६ पुगेको छ । यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप १ हजार ४८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९३ हजार ६ सय १६ पुगेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १८ लाख ८४ हजार ५१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ३१ हजार २ सय ९ जनाको उपचार भइरहेको छ ।

त्यस्तै, भारतमा कोरोना संक्रमितको संख्या साढे १७ लाख नाघेको छ । भारतमा थप ५४ हजार ८६५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५१ हजार ९ सय १९ पुगेको छ । भारतमा तीन दिनमा मात्रै १ लाख ६७ हजार ५ सय ३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ४६ हजार ८ सय ७९ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६७ हजार ६ सय ३७ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८ सय ५२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३७ हजार ४ सय ३ पुगेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना संक्रमित, #ब्राजिल, #विश्वका कोरोना, #संक्रमित

तपाईको कमेन्ट लेख्नुहोस्