Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

के–के भयो दिनभर बालुवाटारमा, गौतम भेट्न पुगे ओली भैंसेपाटीमा


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवादले सतहमै छर्लङ्गै भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबारको लागि निर्धारित स्थायी समिति बैठक एकलौटी हिसाबले स्थगित गरेपछि विवाद नयां सिरामा पुगेको हो । उक्त निर्णय पार्टीको विधान विपरित अनुचित भएको बहुमत स्थायी कमिटि सदस्यहरुले ठहर समेत गरेका छन् । मंगलवार नेकपाको स्थायी समिति बैठक मंगलबार बिहान ११ बजेका लागि बैठक डाकिएको थियो । स्थायी समिति सदस्यहरु बालुवाटार पुग्दै थिए । तर, अचनाक ११ बजेर ३३ मिनेटमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहार सुर्र्य थापाले बैठक स्थगित भएको सुचना सार्वजनिक गरे । बैठक स्थगितको हल्लापछि स्थायी समिति सदस्यहरु अन्योलमा परेका थिए तरपनि उनीहरु बालुवाटार पुगिसकेका थिए ।

अर्का अध्यक्ष प्रचण्डले आफुसँग सल्लाह नै नगरी बैठक स्थगित गरेको भन्दै बैठक बस्ने मनसाय सहित बालुवाटार पुगे । बैठक बस्नु अघि उनी र वरिष्ठ नेता झलनाथ खनाल बैठक स्थगित गरिनुको कारण माग्न प्रधानमन्त्रीलाई लाई भेट्न गए । ओलीसँगको भेटमा प्रचण्डले दुई अध्यक्षबीच सहमति नगरी किन बैठक रोकिएको हो भनेर सोधेका थिए. ओलीले छलफलका लागि तपाई नआएकै कारण बैठक रोकिएको भनेर जवाफ दिएका थिए । प्रचण्डले भने सहमति विपरित स्थगित गरेकाले बैठक बस्ने जानकारी गराएर फर्किए । त्यसपछि सरु भयो प्रचण्ड र माधव नेपाल निकटका स्थायी समिति सदस्यहरुको बैठक । ३१ सदस्य सहभागी बैठकले पार्टीको बिधान बिपरित स्थायी समिति बैठक स्थगित गरिएको निष्कर्ष निकाल्दै सहमतिको लागि अध्यक्ष दाहाललाई जिम्मेवारी दिने निर्णय गर्यो । संगै २/४ दिनभित्रै सहमति नभए पार्टीको बहुमतबाट निर्णय गरेर अघि बढ्ने निष्कर्ष समेत निकाल्यो । मंगलबार बालुटारमा देखिएको दृश्यहरुले नेकपा भित्रको विवाद निकै जटिल मोडमा पुगेको छ भन्ने स्पष्ट संकेत देखिथ्यो । अध्यक्ष दाहाल–नेपाल सहित बहुमत सदस्याहरुको बैठक बालुवाटारमा चल्दै गर्दा ओली पक्षधरका केही स्थायी कमिटि सदस्यहरु पनि बालुवाटार नै पुगेका थिए । ओलीले पनि आफु पक्षधरका स्थायी कमिटि सदस्यहरुसंग परामर्श गरे ।

४५ सदस्यीय स्थायी कमिटिमा मंगलबार ३१ जना सहभागी थिए भने ओली र दाहाल–नेपाल समुह कतै पनि नलागेर तटस्थ बस्ने केही स्थायी कमिटि सदस्यहरु भने बालुवाटार नै गएनन । मंगलबारको बैठकबाट नेकपाभित्रको गुटमा दुवै पक्ष एकले अर्कोलाइ गलाएरै अगाडी बढ्ने रणनीतिका साथ अघि बढेका छन । यसले नेकपालाई कहां र कुन अवस्थामा पुर्याउला भन्ने चिन्ता र चासो उत्तिकै बढ्न थालेको छ ।

यसैबीच प्रधानमन्त्री ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् । प्रचण्ड–माधवकुमार नेपाल समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै पुगेका हुन् । भेटमा पार्टी महासचिव विष्णु पौडेल समेत सहभागी छन् । ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेका थिए । तर प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठक बस्यो र स्थायी कमिटी बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर गरेको थियो । त्यो बैठकमा गौतम पनि थिए । उनले भने पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो अवधिभर प्रधानमन्त्री बनाउनेसहित ६ बुँदे लिखित प्रस्ताव नेताहरुसम्म पुर्याएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #गौतम भेट्न पुगे ओली भैंसेपाटीमा

तपाईको कमेन्ट लेख्नुहोस्