भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य हवाइ उडान खोल्ने सरकारको निर्णय

काठमाडौं । करिव पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतेबाट खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक उडान बन्द गरेको थियो । उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ।
जेठ २५ गतेदेखि लकडाउन खुकुलो बनाउदै गएको सरकारले असार १ गतेबाट नीजि सवारी साधान पनि जोरबिजोर प्रणालीमा सञ्चालन गरेको थियो । त्यस्तै, जिल्ला जिल्लामा सार्वजनिक यातायात पनि सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अन्तरिक तथा बाहृय हवाई उडान
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्