Techie IT
  • ३ असार २०८१, आईतबार
KhojPatrika

सरकारी कार्यालयमा मदिरा डान्स, हाकिम भन्छन् जुस खाएको


ललितपुर । शनिबार सार्वजनिक विदा, सरकारी कार्यालय खुल्ने त कुरै भएन । तर, अािर्थक वर्षको अन्तिममहिना असार भएको हुदा विभिन्न सरकारी कार्यालयलाई यतिबेला भ्याईनभ्याई छ । वर्षभरिको हिसाब किताब कार्यक्रम लगायतको समिक्षा र समापन यस्तै भ्याई नभ्याई मध्येको एक कार्यालय हो ललितपुरको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र । असार मसान्तको समापनका लागि भन्दै असार २७ गते शनिबार कार्यालयमा धमाधम काम भइरहेको थियो । एउटै कम्पाउन्डभित्र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशुसेवा तालिम केन्द्र र ललितपुर महानगरपालिका पशु सेवा शाखाका कार्यालयहरु भने शनिबार तिन वटै कार्यालयले खुलेका थिए ।

कार्यालय प्रमुखहरुदेखि कर्मचारीसम्मलाई भ्याईनभ्याई भइरहेको थियो । हिसाब किताब त मिलाउनै पर्यो यतिकैमा कार्यालयका प्रमुखहरुविच योजना बन्यो आज काम पनि बढी भयो असार मसान्तको समापन पनि गरौं भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर नारायणबहादुर श्रेष्ठले सबैसँग पैसा उठाउने, खाजा खाएर रमाईलो गर्ने प्रस्ताव राखे । उनको प्रस्तावमा ह मा ह मिलाउदै पशुसेवा तालिम केन्द्रका प्रमुख रामप्रकाश प्रधानले पनि साथ दिए र काम छिटो सक्काउन सबै लागि परे ।

नारायणबहादुर श्रेष्ठले पैसा उठाएपछि कार्यालय सहयोगी श्याम कार्की, अर्जुन भट्टराई र उमा विष्ट सामान किन्न र कार्यालयको माथिल्लो तल्लामा रहेको किचेनमा पकाउन लागे । सबैको योजना अनुसार ४ बजे काम सकाएर सबै तालिम हलमा भेला भए र सुरु भयो असार मसान्त समापनको मस्ती भोज । कार्यक्रममा सहभागि थिए बूढानीलकण्ठ नगरपालिकाका पशु सेवा शाखाका काजिबहादुर श्रेष्ठ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डाक्टर अर्जुन पण्डित चन्दागिरी नगरपालिकाका बद्री पौडेल लगायतलाई पनि निम्ता गरिएको रहेछ । हलमा दुवैतर्फ टेबल टेबलका गिलासमा ह्विस्की र प्लेटमा अन्य परिकार राखिएको छ । उपस्थित डेढ दर्जन बढीले हासि मजाकका साथ मदिरापान सुरु गर्छन ।

मदिराले लठ्ठीदै गएपछि तालिम हलमा रहेको साउण्ड स्पीकरमा गुन्जिन्छ । पूर्व–पश्चिम रेल…….। गीत गुन्जिएपछि पशुसेवा तालिम केन्द्रका प्रमुख डाक्टर रामप्रकाश प्रधानको मन थामिदैन र उनी जुरुक्क उठेर नाच्न सुर गर्छन ।

प्रधान तालिममा पनि नाचेरै तालिम लिन पुगेकाहरुलाई भरपुर मनोरन्जन दिन माहिर रहेको कार्यलयका कर्मचारी नै बताउछन । यतिकैमा प्रधानलाई साथ दिन बुढानिलकण्ठ नगरपालिकाका पशु सेवा शाखाका प्रमुख काजीबहादुर श्रेष्ठ, चन्दागिरी नगरपालीकाका बद्री पौडेल र त्रिपुरेश्वर भेटेरिनरी अस्पतालका खिदबहादुर श्रेष्ठ नसामा लठ्एिर खाली ठाउँमा कम्मर मर्काइ मर्काइ नाच्न थाल्छन । अर्कातर्फ वरिपरि बसेकाहरु ताली पिट्दै उनीहरुलाई हौसाइरहेका हुन्छन । यो क्रम बेलुका ६ बजे सम्म चलीरहन्छ ।
को को सहभागि थिए त मदिरा पाटीमा
१. डा. नारायणबहादुर श्रेष्ठ , प्रमुख, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर
२. डा. रामप्रकाश प्रधान, प्रमुख, पशुसेवा तालिम केन्द्र ललितपुर
३. गंगाबहादुर श्रेष्ठ, सुचना अधिकारी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर
४. लोकचन ढकाल, अधिकृत छैठौं, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर
५. भुपेन्द्र कटुवाल, अधिकृत छैठौं, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर
६. कृष्णबहादुर कार्की, अधिकृत छैठौं, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर
७. डा. अर्जुन पण्डित, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
८. श्याम कार्की,कार्यालय सहयोगी, अर्जुन भटराई, उमा विष्ट
९. डम्बर बम, अधिकृत छैठौं, पशुसेवा तालिम केन्द्र ललितपुर
१०. भिम शाक्य, अधिकृत आठौं, पशुसेवा तालिक केन्द्र ललितपुर
११. उद्धव पुलामी, सहलेखापाल, पशुसेवा तालिम केन्द्र ललितपुर
१२. काजीबहादुर श्रेष्ठ प्रमुख पशु सेवा शाखा बुढानिलकण्ठ नगरपालिका
१३. बद्री पौडेल, अधिकृत छैठौं, चन्दागिरी नगरपालिका
१४. राजेन्द्र विष्ट, अधिकृत आठौं, पशु सेवा शाखा ललितपुर महानगरपालिका
१५. तालबहादुर थापा, अधिकृत छैठौं, पशु सेवा शाखा ललितपुर महानगरपालिका
१६. शकंर सिंह, अधिकृत छैठौं, पशु सेवा शाखा ललितपुर महानगरपालिका
१७. यादव केसी, अधिकृत छैठौं, पशु सेवा शाखा ललितपुर महानगरपालिका
१८. खिदबहादुर श्रेष्ठ, अधिकृत आठौं, त्रिपुरेश्वर भेटेरिनरी अस्पताल
१९. निर्मला कडेल, अधिकृत छैठौं, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर
२०. रिता धिमाल सहायक चौथो भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर

ललितपुरको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सभा हलको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कर्मचारीको उक्त हर्कतले सम्रग कर्मचारीको शिरनिहुरिएको भन्दै चौतर्फी आवाज उठीरहेको छ । यतिबेला विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट विश्व समुदाय नै लडीरहेको छ अर्कातर्फ मुलुक पनि कोरानासँग लडीरहँदा सरकारले फजुल खर्च कटौती र सतर्कता अपनाउन भनिरहेको छ । तर, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका कर्मचारी नै त्यसको उल्लंघन गर्दै मदिरा पार्टीमा मस्त रमाईरहेका छन ।
कार्यलय प्रमुख भन्छन, भोज गरेको हो मदिरा खाएको होईन

मदिरा खाएको भिडियो बाहिरिएपछि यतिबेला कर्मचारीको चौतर्फी आलोचना भइरहेको छ । तर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर नारायणबहादुर श्रेष्ठले असार मसान्तको समापनका अवसरमा भोज आयोजना गरेको स्वीकार गरेका छन । उनले आफ्नो कार्यालय उपत्यकाका एक्काईस वटै स्थानिय तहमा रहेको र शनिबार पनि सेवा दिएकाले विभिन्न स्थानिय तहका शाखा प्रमुखको उपस्थित रहेको तर कसैलाई आमन्त्रण नगरिएको बताउछन् । भिडियोमा आएजस्तो आफुहरुले मदिरा नखाई कोक र स्याउको जुस खाएको श्रेष्ठ दाबी गर्छन ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्