पिसिआर परिक्षण घट्दा संक्रमितको संख्या पनि घट्यो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार बिहिबार ४ हजार ५ सय ३७ वटा पिसिआर परिक्षण भयो । योसँगै नेपालमा ५ लाख ३८ हजार ३ सय ८४ वटा कोरोना परीक्षण गरिएको छ । तिमध्ये २ लाख ३७ हजार ७ सय ६४ वटा पिसिआर र ३ लाख ६ सय २० वटा आरडिटी परिक्षण भएको हो । देशभर २२ वटा प्रयोगशालमा कोरोना परिक्षण भइरहदा समेत पिसिआर परिक्षणको दायरा ह्वात्तै घटाइएको छ । देशभरका क्वारेन्टिनमा ३८ हजार १ सय ९ जना रहेका छन् । तर, उनीहरुको परिक्षण समयमै भएको छैन् । परिक्षणको दायरा घटेसँगै एकसाता एकअघि देखिएको संक्रमणदर पनि ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भयो । साढे सात हजार परिक्षण गर्दा पाँच सयभन्दा बढी संक्रमित फेला गरेका थिए ।
हालसम्म कूल संक्रमितको संख्या १४ हजार ५ सय नाघेको छ । उपचारपछि निको हुनेको संख्या ५ हजार तीन सय नाघेको छ भने मृत्यु हुनेको संख्या ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कूल संक्रमितमध्ये १० हजार १ सय ३७ जनाको आइसोलेनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्रीले असार १५ गतेदेखि दैनिक १० हजार पिसिआर परिक्षण गरिने बताएपछि झनै परिक्षणको दायरा घटेको छ । क्वारेन्टिनमा रहेका ब्यक्तीको समेत रिपोर्ट आउन ढिला भएको भन्दै आलोचना भइरहदा सरकारले भने परिक्षणदर घटाएको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #पिसिआर परिक्षण
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्