Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

सरकारी कार्यालयमा छड्के, देखिएन स्वास्थ्य सर्तकता


काठमाडौं ।  सरकारले आम नागरिकलाई कोरोना महामारीबाट बच्न र बचाउन भन्दै विभिन्न सन्देश र सूचना प्रवाह गरिरहेको छ । नागरिकलाई सचेत बनाउने दायित्व निर्वाह गरेको सरकार आफै भने सरकारी कार्यालयमा स्वास्थ्य सावधानीका पूर्वाधार व्यवस्थापनबाट चुकिरहेको छ । सरकारले कोरोना भाईरसबाट जोगीन भन्दै एनटीसी र ऐनसेलका प्रयोग कर्ताहरुलाई मोवाईलको कलरटोन मार्फत जनचेतनामुलक सुचना जारी गरेको छ । स्वाथ्य मन्त्रालयले समेत विभिन्न माध्यम मार्फत बारम्बार साबुन पानीले मिचिमिच हात धुन भन्दै जनचेतना प्रवाह गरिरहेको छ ।

विश्व स्वाथ्य संगठनले पनि कोरानाबाट बच्ने मुख्य उपायका रुपमा साबुन पानीले बारम्बार हातधुन सुझाव दिएको छ । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले ससंदमा साबुन पानीले हात धुन बारम्वार आग्रह गरे । प्रधानमन्त्रीले निरोगी बन्नका लागि साबुनपानीले हातधुन सिकाउनु सामान्य कुरा नभएको बताईरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भित्र रहेको सार्वजनिक शौचालय नै बिजोक छ । त्यो दृष्यले प्रधानमन्त्रीको सम्बोधनलाई नै गिज्जाईरहेको छ ।

यस्तै यो पुलचोकस्थित राष्ट्रिय पशुपन्छि श्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालयको सौचालय । यहाँ त झनै सरकारलाई नै लज्जित बनाउन दृश्य देख्न सकिन्छ । त्यसपछि हामी पुग्यौँ पुल्चोकस्थित सडक डिभिजन ललितपुरको कार्यालय । यहाँ गेट नजिकै कर्मचारीहरु क्यारेम्बोर्ड खेल्न ब्यस्त थिए । कर्मचारीको समय कटाउने गजब्बको काईदा हेरेपछि हामी लाग्यौँ, सौचालयको अवस्था बुझ्न । यस कार्यालयको भूईतलामा रहेको चालक, सेवाग्राहीले प्रयोग गर्ने सौचालयमा पानी त थियो तर साबुन कतै भेटिएन ।

अधिकांशमा कार्यालयमा तापक्रम नाप्ने काम नै हुँदैन रहेछ । न त सावधानीका लागि सेनिटाइजर नै थियो । कार्यालयका हाकीम बस्ने कोठा आसपासका सौचालयमा भने अन्यको तुलनामा स्वास्थ्य सावधानीका पूर्वाधारको पँहुच देख्न सकिन्थ्यो । सरकारले कोरोना रोकथामको स्वास्थ्य सावधानी सहित कार्यालय खुलाउन र बजारलाई चलायमान गराउन खोजेपनि सरकारी कार्यालयमै साबधानी अपनाएको देखिदैन । सरकार निर्देशन मात्रै दिने कि कार्यान्वयन भए नभएको अनुगमन गरेर कर्मचारीसँगै आम नागरिकलाई सुरक्षित बनाउने ?


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कार्यालयको सौचालय

तपाईको कमेन्ट लेख्नुहोस्