असार १५ गतेदेखि पिसिआर परिक्षण १० हजार पुर्याउने स्वास्थ्य मन्त्रीको घोषणा हावादारी
काठमाडौं । कोरोना भाइरसको प्रकोपले विश्व नै आक्रान्त बनेको छ । २ सय १३ देशमा फैलिसकेको कोरोना महामारी नेपालमा समेत बढ्दो क्रममा रहेकोे छ । कोरोना जाँचमा भैरहेको सुस्तताले संक्रमणको अवस्था समेत पहिचान नभएको भन्दै चौतर्फी बिरोध भएपछि सरकाले पिसिआर टेस्ट बढाउने घोषणा त ग¥यो तर यो घोषणा केवल घोषणामै सिमित रहन पुगेको छ ।
एक साताअघि पत्रकारसँगको अन्तरक्रियामा मन्त्री ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्ने घोषणा गरेका थिए । तर, बिडम्बना मन्त्रीज्यूले भनेपछि परिक्षण बढ्नुको सट्टा घट्दै गईरहेको छ । पिसिआर परिक्षण सुस्त भएको भन्दै चौतर्फी विरोघ पश्चात सरकारले पिसिआर परिक्षणको दायरा बढाउने घोषणा गरेको भएता पनि त्यस यताको तथ्यांकलाई केलाउने हो भने परीक्षण बढ्नुको सट्टा घटेको देखिन्छ ।
यो हेरौ तथ्याङ्क ।
मिति पिसिआर परिक्षण
असार १० गते ६ हजार ८ सय २८
असार ११ गते ६ हजार ५ सय ४३
असार १२ गते ६ हजार ५सय ३४
असार १३ गते ४ हजार ६सय ६
असार १४ गते ४ हजार ९सय ६२
असार १५ गते ७ हजार
हालसम्म सबैभन्दा बढी असार ६ गते एक दिनमा मात्र सात हजार ४ सय १६ जनाको पीसीआर परीक्षण भएको थियो । त्यसयता पीसीआर परीक्षण ६ हजारमाथि जान सकेको देखिदैन । यता मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम भने नमुना संकलन नै कम भएको र क्वारेन्टाइनमा मानिसहरु नै कम भएकाले १५ गतेदेखि १० हजार पीसीआर परीक्षण गर्नुपर्ने आवश्यता नरहेको बताउछन् । प्रवक्ता गौतम भने नमुना कम हुँदा सञ्चालनमा आएका प्रयोगशालाले कामैै नपाएको पो बताउनुहुन्छ । सुरुवातमा क्वारेन्टाइनमा विभिन्न देशबाट आएका दुई लाख मानिसहरु रहेता पनि हाल त्यो सङख्या घटेर ६० हजार मात्रै छन् । बिभिन्न मुलुकबाट अहिले दैनिक १५ सय नेपालीहरु फर्किईरहेका छन् ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या भने दिनप्रतिदिन बढिरहेको छ । तर परिक्षणको दायरा सोचेजस्तो विस्तार हुन सकेको छैन र परिक्षण गनृे तर्फ मन्त्रालयले खासै चाँसो देखाए जस्तो देखिदैन । होइन भने बिभागीय मन्त्रीले असार १५ गतेदेखि १० देखि १५ हजार पिसिआर परिक्षण गरीने बताईरहँदा सोही मन्त्रालयका प्रवक्ता भने त्यती संख्या परीक्ष्ँण जरुरी छैन भनिरहेका छन् । कतै कोरोना प्रयोगशालामा रहेका परिक्षण गर्ने मेशिनहरु बिग्रिएर भने जति संख्या पुर्याउन सरकारलाई हम्मे–हम्मे त परेको होईन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #स्वास्थ्य मन्त्रीको घोषणा हावादारी
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्