Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

झाडापखाला लागेरै आइसुलेनमा मृत्यु,जीवनजल खान नपाउँदा मरेपछि ५ लाख राहत


काठमाडौं । नागरिकको सास रहुञ्जेलसम्म वेवास्ता गर्ने सरकारी निकाय मरेपछि भने राहात र सहानुभूति देखाउने गरिरहन्छन् । सास बचाउन नागरिक छट्पटाई रहँदा रमिते बन्ने निकाय ज्यान गइसकेपछि राहात र सहानुभूति प्रकट भएका थुप्रै घटना नेपालमा भएका छन् । त्यसको पछिल्लो उदाहरण हो धनुषाका राजु सदालाई प्रदेश २ सरकारले ५ लाख दिने घोषणा । जीवनजल समेत नपाएर आइसोलेसनमा झाडापखालाबाट ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्यो । आइसुलेसनमा रहँदा उपचार नै नपाएर छट्पटाई रहेका राजु सदाको मृत्यु प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । जेठ ३ गते भारतको अहमदावादबाट आएका राजुलाई गाउँकै क्वारेन्टिनमै राखिएको थियो ।

१७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला लाग्दा टिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो । त्यही उनको स्वाब संकलन गरिएको थियो । तर, समयमै रिपोर्ट नआएका कारण उनले झाडापाखालाको समेत राम्रो उपचार पाएनन् र सोमबार उनको यसरी मृत्यु भएको थियो । झाडापखालाबाट ग्रस्त भएका राजुलाई जीवनजल समेत कसैले दिएन । स्वाव संकलनको रिपोर्ट कुर्दा कुर्दा ज्यान गएपछि बल्ल मात्रै थाहा भयो कोरोना भाइरस नेगेटिभ । राजुको छटपटाई र उपचार नपाएको दृश्य देख्दा सबैलाई लाग्छ मानवता हराउँदै गएको सरकारी निकाय जनताको स्वाथ्यमा कति बेमतलबी छ भन्ने । अर्का धनगढीमा पुरुषले पनि समयमै कोरोना परिक्षणको रिपोर्ट नआउँदा ज्यान गुमाए । मिर्गौलामा जटिल समस्या देखिएकाले तत्काल डायलाइसिस गर्नुपर्ने देखिएका बैतडीको मेलौलीका ४७ वर्षीय रामी धानुकको रिपोर्ट कुर्दा कुर्दे ज्यान गयो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशबाहिरबाट आउनेहरुका लागि क्वारेन्टाइन बनाएको छ । तर, तीनै क्वारेन्टाइन भद्रगोल हुँदा सर्वसाधारणले अकालमै ज्यान गुमाइरहेका छन् । देशभर सञ्चालित क्वारेन्टाइन हुन् वा आइसुलेसनमा बिरामी उपचार नपाएरै अकालमै ज्यान गुमाइरहेका छन् । कोरोनाकै कारण मृत्यु भएका २६ जनामध्ये १८ जनाको त मृत्युपछि मात्रै कोरोना पोजेटिभको रिपोर्ट सार्वजनिक भएको छ । बुटवलस्थित आइसुलेसन, सीमा नाका, बाटोमा मात्रै होइन बाँकेको क्वारेन्टाइन अर्घाखाँचीमा आत्महत्या गर्नुले बनाइएका क्वारेन्टाइन र आइसुलेसन कति सुरक्षित छन् भन्ने प्रष्टै देखाउछ । अझ धनगढीको क्वारेन्टाइनमा त सामुहिक बलात्कारको घटनाले संघ, प्रदेश र स्थानीय तहले जनताको उपचार र सुरक्षा कत्ति पनि ध्यान पर्याएका छैनन् भन्दा फरक पर्देन ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि करिव १० अर्व खर्च भएको सार्वजनिक गर्दा क्वारेन्टाइन र आइसुलेसन लथालिंग र भद्रगोल अवस्थाले खर्चमै प्रश्न उठिरहेको छ । अर्कोेतर्फ दैनिक कोरोना भाइरस संक्रमित ह्वात्तै बढ्नु क्वारेन्टाइनको अस्तब्यस्थता देखिएको छ । सरकार भनिरहेछ भौतिक दुरी कायम गरौं खानपिनमा ध्यान दिऔं सावुन पानीले हात धोऔं । तर, क्वारेन्टाइन र आइसुलेसनको अवस्थाले सरकारको भनाईलाई आफै गिज्याइरहेको छ । उपचार नपाएरै मर्नुपर्ने अवस्थाको दोषी को हो सरकार ?


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #राजु सदा

तपाईको कमेन्ट लेख्नुहोस्