Techie IT
  • २२ माघ २०८१, मंगलबार
KhojPatrika

कहिले बन्ने काठमाडौंका लाईफ लाईन सडक, प्रधानमन्त्री ओली र माधव नेपालबीच जुहारी


काठमाडौं । उपत्यकाका धेरै सडक अलपत्र हुँदा सर्वसाधारण पानी पर्दा हिलो र घाम लाग्दा धुलोसँग दैनिक जुधिरहेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने विकास निर्माणका कामले फड्को मारेको दाबी गर्न छाडेका छैनन् । अलपत्र सडकले बुधबार सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा पनि चर्चा पायो । करिब ६ महिनापछि बसेको नेकपा स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले सरकारले सडक निर्माणमा ऐतिहासिक काम गरेको दावी गर्दे गर्दा अर्का बरिष्ठ नेता माधवकुमार नेपालले सडक नहेरै गफ दिएको भन्दै आपत्ती जनाए । नेपाल प्रधानमन्त्री ओलीलाई भन्दै थिए सडकको दुरावस्था हेर्न साँखु सडक खण्डमा पुग्नुहोस् । हामीले केही दिनअघि काठमाडौंका सडकको दुरावस्था प्रस्तुत गरेका थियौं । नेकपाको स्थायी कमिटी बैठकमै चर्चा चलेपछि हामी फेरि सडक खण्डको कहिले बन्ने अझैं टुंगो छैन् ।

२०७५ साउन २४ गते तत्कालिन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ सहित सडक अनुगमन गर्न पुगेका नेपाललाई चावहिल साखुँ सडक खण्डका स्थानियले समयमै सडक सम्पन्न गरिदिन आग्रह गरेका थिए । यो विचमा मन्त्री महासेठले मन्त्री पद बाट हात धोए र वसन्त नेम्वाङ भौतीक पुर्वाधार तथा यातायात मन्त्री भए लगतै करिब ६ महिना अघि फेरि नेपालले नवनियुक्त मन्त्री नेम्वाङ सहित चावेल साखुँ सडक खण्डको अनुगमनमा निस्कीए तर स्थानियले मन्त्रीहरुलाई घेदै आक्रोश पोखे ।

१२ किलोमिटर यो सडक खण्डको पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले मात्रै सात पटक भन्दाबढी अनुगमन गरिसकेका छन । २०७२ असोज १३ गते ठेक्का सम्झौता भएको यो सडक २०७४ चैत्र सम्ममा निमार्ण सम्पन्न हुनुपर्ने थियो । तर, अहिलेसम्म ६५ प्रतिशत मात्र काम पूरा भएको छ । बुधवारको स्थायी कमिटको बैठकमा नेपालले प्रधानमन्त्री ओलीलाई दिएको चुनौतीले प्रष्ट पार्छ पाँच वर्ष बित्न लागीसक्दा समेत १२ किलोमिटर सडक कसका कारण बनेन । मापदण्डका कारण विवादमा फसेको चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाइ हुँदा यो सडक खण्डमा यात्रा गर्नेहरुले सास्ती खेपिएका छन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ मै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने योजना अघि बढाएको थियो । तर, सडक विस्तारका क्रममा मुआब्जा विवाद र सर्वोच्चको आदेशपछि यो सडक अलपत्र छ । सरकारले यथास्थितिमै सडक पिच गर्न निर्देशन दिएपनि स्थानीय तहका जनप्रतिनिधिको अवरोधले सडक निर्माणले गति लिन सकेन ।

चाबहिल–जोरपाटी–साँखु सडकखण्ड विस्तारका लागि ६ भागमा विभाजन गरेर ठेक्का लगाइयो । ३ दशमलव ६ किमिको पहिलो खण्ड निर्माणको ठेक्का ३१ असोज ०७२ मा शकुन्तलाल हिराचनले पाएको थियो । २०७६ असारमा सक्नुपर्ने काम अहिलेसम्म ५५ प्रतिशत मात्रै भएको छ । तर, उनले सरकारबाट २४ करोड ८६ लाख भुक्तानी लिइसकेका छन् । त्यस्तै, २ दशमलव ४ किमी सडक निर्माणको ठेक्का २५ साउन २०७६ मा सक्ने गरी निर्माण व्यवसायी बालकृष्ण थापाले लिए । तर, उनले पनि ६५ प्रतिशत मात्रै काम सकेका छन् । तेस्रो खण्डको तीन किमि सडक निर्माणको ठेक्का १३ वैशाख ०७४ मा सक्ने गरी थापा नेतृत्वकै कम्पनीले लियो । यसको पनि ४० प्रतिशत मात्रै काम भएको छ ।

१४ पुस २०७६ मा निर्माण सक्ने गरी २ दशमलव ४ किमी सडकको ठेक्का लिएको नारायण भण्डारी नेतृत्वको कम्पनीले पनि अहिलेसम्म ५५ प्रतिशत काम मात्रै गरेको छ । बाँकी दुई खण्डको काम भने सकिएको छ । उपत्यकाका लाईफ लाईन मानिएका बाँकी १४ वटा सडकखण्डको अवस्था पनि चावेल साखुँ सडक खण्ड जस्तै छ । तर, विकासको फड्को मारेको दावी गर्ने प्रधानमन्त्री ओली वास्तविक अवस्था नबुझ्दा फेरि बोलीमा चुकेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #उपत्यकाका धेरै सडक

तपाईको कमेन्ट लेख्नुहोस्