Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

बिहिबार थपिए ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो,कुन जिल्लामा कति थपिए


काठमाडौं । नेपालमा विहीबार थप ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका एकजना पुरुष र सुनसरीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ८ जना पुरुष, सुनसरीका २ महिला र २ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ९ जना पुरुष, महोत्तरीका ५ जना पुरुष, सिराहाका एक महिला र एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भयो । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ४ जना महिला र ९ पुरुष, बैतडीका एकजना पुरुष, बझाङका ३ महिला र १३ पुरुष, बाजुराका २ जना महिला र २ जना पुरुष, डडेल्धुराका एकजना महिला र ११ पुरुष, कैलालीका २ जना पुरुष, कंचनपुरका ११ जना महिला र ४८ जना पुरुष, रौतहटका ३८ पुरुष र सर्लाहीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ७ जना महिला र ८६ जना पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका एकजना पुरुष, काठमाडौंका २ जना महिला र २ जना पुरुष, ललितपुरका एकजना पुरुष र सुनसरीका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एकजना महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासीका एकजना महिला र ४ जना पुरुष, तनुहँका २ जना महिला र ७ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना पुरुष, म्याग्दीका एक महिला र ५ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका ३ पुरुष, प्युठानका २ महिला र ५ जना पुरुष, पाल्पाका २८ पुरुष र रुपन्देहीका ४ महिला र ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पुर्वका एक जना पुरुष, बर्दियाका एकजना महिला र ५ जना पुरुष, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एकजना पुरुष, बझाङका २ पुरुष, बाँकेका एकजना पुरुष, दैलेखका १ महिला र १७ जना पुरुष दार्चुलाका एकजना पुरुषमा कोरोना पुष्टि भयो ।

त्यसैगरी धादिङका एकजना पुरुष, इलामका एकजना पुरुष, जुम्लाका एकजना पुरुष, कैलालीका एकजना पुरुष, कालिकोटका एक महिला र २ जना पुरुष, कास्कीका एकजना पुरुष, लमजुङका एकजना पुरुष, सल्यानका एकजना पुरुष, र सुर्खेतका १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बैतडीका एकजना पुरुष, बाजुराका ४ जना पुरुष, बाँकेका ३ जना पुरुष, दैलेखका एकजना महिला,दाङका एकजना पुरुष, धादिङका एकजना पुरुष, गोरखाका २ जना पुरुष, गुल्मीका एकजना पुरुष, इलामका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै जुम्लाका एकजना पुरुष, कंचनपुरका एकजना पुरुष, खोटाङका एकजना पुरुष, लमजुङका एकजना पुरुष, ओखलढुंगाका २ जना पुरुष, पाल्पाका एकजना पुरुष, रामेछापका २ जना पुरुष र ताप्लेजुङका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६ सय ५० पुगेको छ । जसमध्ये १९ जना महिला र २९३ पुरुष रहेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरसको संक्रमण

तपाईको कमेन्ट लेख्नुहोस्