कोरोना संक्रमण तीब्र गतिमा, एकै दिन ६ सय ७१ जना संक्रमित फेला
काठमाडौं । नेपालमा विहीबार थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमा ८० महिला र ५ सय ९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ । संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजा लगायतका जिल्लाका रहेका छन् ।
यो सँगै नेपालमा कूल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । यस्तै बिहीबारसम्म १ हजार १ सय ८६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा विहीबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको कोरोना परीक्षणमा पोजेटिभ देखिएको छ ।
त्यस्तै, विहीबार नै कैलालीको लम्कीचुहाकी ४३ वर्षकी महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । टाउकोको चोटका कारण उपचार गराइरहेकी उनको हिजो मृत्यु भएपनि कोरोना परीक्षणको रिपोर्ट भने आज आएको हो । उनको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरसको संक्रमण
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्