नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो
बाँके । जिल्लामा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलबार राति ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् ।
यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बाँकेमा थप एक जनाको मृत्यु
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्