शनिबार थप २७३ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १८ पुग्यो
काठमाडौं । शनिबार नेपालमा थप २ सय ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गत २४ घण्टामा थप २ सय ७३ जनामा कोरोनाभाइरस देखिएको जानकारी दिएका हुन । संक्रमतिमा २ सय ४७ जना पुरुष र २६ जना महिला रहेका छन् । यस्तै बितेको २४ घण्टामा ३६ जना संक्रमित निको भएको र योसँगै कुल निको हुनेको संख्या ९ सय १३ पुगेको छ ।
यसैबीच कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएकोमा केोरोना पुष्टि भएको हो । यसैगरी पर्सामा जेठ २८ गते मृत भेटिएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पोस्टमार्टमका क्रममा उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #दुई जनाको मृत्यु
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्