Techie IT
  • ४ असोज २०८०, बिहीबार
KhojPatrika

सरकार बिरुद्धको प्रदर्शनमा कसको साथ ? 


काठमाडौं । एकसातादेखि देशभर सरकार बिरुद्धको आन्दोलन चर्किएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर प्रदर्शन गरेपछि सरकार थप दवावमा परेको छ । बालुवाटारदेखि देशका बिभिन्न ठाउँमा सरकार बिरुद्धका आन्दोलनका नारा चर्किरहेका छन् । आन्दोलनकारीले बोकेमा प्लेकार्डमा समेत सरकारको चर्को आलोचना गर्न तुच्छ शब्दहरु समेत प्रयोग गरिएका छन् । यी प्लेटकार्ड बनाउन कहाँबाट आर्थिक स्रोत जुट्यो भन्ने पनि प्रश्न उब्जिएको छ । माइक भाडामा, पानी तथा खाजा समेत बितरण गरिएको थियो । जसको खर्च कसले गर्यो भन्ने समेत खुलेको छैन् ।
सरकारका बिरुद्ध यसरी नै लकडाउनको समयमा प्रदर्शन त्यो पनि नेपालमा संविधान संशोधनको ऐतिहासिक दिनमा । सामाजिक सञ्जालबाट त्यो पनि एकजना अभियन्ताले करिब १ महिनामा डेढ लाख बढीलाई संगठित गर्नु र एकै पटक सडकमा प्रदर्शन सुरु हुनुको पछाडी कुनै स्वार्थ समुहको खेल त छैन भन्नेहरुको जमात पनि बढिरहेको छ । कसैले पनि जिम्मेवारी नलिई स्वतस्फूर्त उठेको आन्दोलनमा युवायुवतीले बोकेका प्लेकार्ड र त्यसमा उल्लेखित नाराहरुले पनि अच्चमित बनाएका छन् ।
नाराहरु गैरराजनीतिक प्रकारका र कतिपय ‘स्लाङ्ग वर्ड’ अपशब्द समेत प्रयोग भएका छन् । सेक्स इज गुड, बट गभर्मेन्ट रेपिङ अस इज नट गुड, स्टप करप्सन, बरु ‘ हान, तर देश बनाउने धाक नहान, के पाइस् नेपाली  भल्गर प्ले कार्डहरु धेरै छन् । आन्दोलनकारी अधिकांश कलिला युवायुवती भएकाले केही भल्गर नाराहरु देखिएपनि भ्रष्टाचारको विरोध र पीसीआर टेस्टलाई बढाउनुपर्ने मागहरु जायज नै छन् । तर, समय उपयुक्त भएन भन्ने प्रश्न हो ।
कहाँ कहाँ भयो आन्दोलन 
काठमाडौं उपत्यकाका बसन्तपुर, कीर्तिपुर, भक्तपुर, चन्द्रागिरी लगायत ठाँउमा युवाहरूले प्रदर्शन गरेका छन् । उपत्यका बाहिर बुटवल, धनगढी, बनेपा, पोखरा, तनहुँ, पाल्पा, दाङ, हेटौंडा, जनकपुर, विराटनगर लगायतका सहरमा पनि युवा, अभियन्ता तथा व्यवसायीहरुले स्वस्फूत रुपमा प्लेकार्ड सहित प्रदर्शन गरेका छन् । केही दिनयता युवा तथा अभियान्ताहरूले पिसिआरको दायर बढाउनुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, खर्च विवरण पारदर्शी हुनुपर्ने लगायतमा माग राख्दै प्रदर्शन जारी राखेका हुन् । एक जना अभियन्ताले सामाजिक सञ्जालबाट ग्रुप बनाएर आह्वान गरेको आन्दोलनमा अहिले लाखौँ जोडिएका छन भने आन्दोलनमा लाग्ने नाराहरुले द्धन्द्ध भड्किने संकेत गरिरहेको छ ।
प्रदर्शन दबाउन सरकार कडा रुपमा प्रस्तुत 
सरकारले लकडाउनको बेला प्रदर्शन गर्नेलाई ६ सयदेखि ६ महिनासम्म जेल हाल्ने चेतावनी दिदै प्रदर्शन रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ । प्रहरी प्रशासनले समेत प्रदर्शन नियन्त्रणका लागि हरप्रयास गरिरहेको छ । कतिपय स्थानमा प्रदर्शनलाई नियन्त्रणमा लिन टियर ग्यास हान्नेदेखी पानीको फोहोरा हान्नेसम्मका काम भैरहेका छन् । प्रदर्शनकारीमाथी नै शंका कतिपयले प्रदर्शनकारीले तत्काल जायज देखिने जस्तो माग र मुद्धा उठान गरेपनि पर्दा पछाडी अर्कै खेल भएको दाबी गरिरहेका छन् ।
सरकार बिरोधी प्रदर्शनमा लिपुलेक कालापानी लगायत अतिक्रमित भूभागको बारे कुनै आवाज उठेको छैन । राष्ट्रवादी जस्तो देखाइएको प्रदर्शन संविधान संशोधन गरेर नयाँ नक्सालाई अध्यावधिक गर्नुपर्ने दिनमा थप विस्तार गर्न खोजिनुले पनि भित्रि स्वार्थ केही छ कि भनेर आँकलन गर्ने ठाउँ दिएको छ । प्रदर्शनमा उत्रिने युवा जमातले कुनै पार्टी बिशेषको झण्डा बोकेका छैनन । नारा पनि राजनीतिक लागेको छैन । तर कतिपय ठाउँमा एमसीसी र हिन्दु राष्ट्रका कुरा उठ्दा सरकारी पक्षले प्रयोजित प्रदर्शनका रुपमा अर्थ्याइरहेको छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सरकार बिरुद्ध

तपाईको कमेन्ट लेख्नुहोस्