कोरोना संक्रमित बढ्या बढ्ढै, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो
काठमाडौं । नेपालमा मंगलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ५ सय ८४ पुगेको छ ।
इलाममा पनि संक्रमित भेटिएसँगै हालसम्म ७२ जिल्लामा कोरोना भाइसरसको संक्रमण फैलिएको छ । मंगलबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । चितवनका एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १५ पुगेको हो । ७७ जिल्लामध्ये हालसम्म ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३ सय ५३ र आरडिटी विधिबाट ९ हजार १ सय ६७ वटा परीक्षण भएको छ । हालसम्म पीसीआरबाट कुल १ लाख ६ हजार ३ सय ३१ र आरडीटीबाट १ लाख ६६ हजार १ सय ५८ वटा परीक्षण भएको छ । हाल देशभर १ लाख ६५ हजार ७ सय ७५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै देशभर ३ हजार ४ सय ८७ जना आइसोलेशनमा छन । पछिल्लो एक सातादेखि दैनिक ३ सयको हाराहारीमा कोरोना संक्रमित भेटिरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्