लकडाउनको मोडालिटी बनाउने जिम्मा उच्चस्तरीय समितिलाई

काठमाडौं । सरकारले लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई दिएको छ । उच्चस्तरीय समितिले लकडाउनको मोडालिटीका विषयमा सरोकारवाला निकायसँग छलफल जारी राखेकाले आजको मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटी तयार पार्ने जिम्मा समितिलाई दिएको हो ।
समितले तयार पारेको मोडालिटी अनुसार आइतबार पुन बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय लिइनेछ । उच्चस्तरीय समन्वय समितिले विभिन्न क्षेत्रका सरोकारवालसँग छलफल जारी राखेको छ । मंगलबार उद्योगी व्यवसायीसँग छलफल गरेको समितिले बिहीबार शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारावालासँग परामर्श गरेको थियो । बैठकमा प्याब्सन, एनप्याब्सन, हिसान लगायतका प्रतिनिधि थिए । केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि आज यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।
लकडाउन खुकुलो बनाउन चौतर्फी दवाव
काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाउने निर्णय उच्चस्तरीय समितिमा सिफारिस गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र ब्यवसायीहरूबीच भएको छलफलमा यस्तो सिफारिस गर्ने निर्णय गरिएको हो ।
करिव साँढे दुई महिना लामो लकडाउनले जनजिवन कष्ठकर भएको भन्दै व्यापारीहरुले प्रमुख जिल्ला अधिकारीसँग ब्यवसाय खोल्ने वातावरण मिलाइदिन आग्रह गरेका थिए । छलफलपछि विद्यालयरविश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभा र सम्मेलन जस्ता क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्नु दिनु पर्ने निर्णय भएको छ । चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योग र कलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन् । जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योग र कलकारखाना सञ्चालक पनि यसको मारमा परेका छन् । प्रशासनले लकडाउनको विकल्प नखोजे अवज्ञा गरेर एकतर्फी व्यवसाय चलाउने चेतावनी व्यवसायीले दिएपछि प्रशासन बाध्य भएर लकडाउनलाई खुकुलो बनाउने निष्कर्षमा पुगेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #लकडाउन’
ताजा खबर
- १सर्बोच्चले उल्टाइदियो पूर्वडीआईजी रञ्जन कोइरालाको फैसला, जन्मकैद कायम
- २सर्बोच्चले लगायो बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक,विकल्प खोज्न आदेश
- ३संसदमा ओलीको प्रश्नै–प्रश्नः सरकारले चुनावमा धाधली गरेकोदेखि पार्टी फुटाएकोसम्म आरोप
- ४७ सय ४९ वटा पालिकाको अन्तिम मत परिणाम आयो, काठमाडौंमा बालेनलाई विजयी घोषणा गर्न बाँकी
- ५५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल प्रहरी फन्दामा
तपाईको कमेन्ट लेख्नुहोस्