Techie IT
  • १९ मंसीर २०८१, बुधबार
KhojPatrika

एकैदिन ३३४ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २६ सय ३४ पुग्यो


काठमाडौं । नेपालमा थप ३ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ हजार ६ सय ३४ पुगेको छ । यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २ सय ९० पुगेको छ । अहिले सम्म कुल ८४ हजार १ सय ३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ पीसीआर परीक्षण र ५ हजार १ सय ८५ आरडिटी परीक्षण गरिएको छ । यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १ जनाको पोजेटिभ आएको छ । उनी मोरङ सुन्दरहरैचाका २४ वर्षका पुरुष हुन् । यस्तै, नारायणी अस्पताल वीरगञ्जमा गरीएको परीक्षणमा १ जनाको पोजेटिभ आएको छ । उनी पर्सा पोखरीयाकी १५ वर्षीया किशोरी हुन् । यस्तै, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये झापाको भद्रपुरमा क्वारेन्टाइनमा रहेका ३ जना २६ देखि ५६वर्ष उमेर समूहका पुरुषहरु छन् । यस्तै, ताप्लेजुुङघर भएका हाल सुनसरीको क्वारेन्टाइनमा रहेका एकजना २५ वर्षका पुरुष, मोरङ घर भएका सुनसरी क्वारेन्टाइनमा रहेका ३० वर्षीया पुरुष, सप्तरीका १३ जना रहेका छन् । उनीहरु राजविराज, हनुमाननगर, कंकाली ,छिन्नमस्ताही र शम्भुनाथ क्वारेन्टाइनमा रहेका १७ देखि ४८ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये ७ जना बारा आदर्श कटुवालका ३० वर्षीया एकजना महिला,१२ वर्षका बालक र ३० वर्ष मेर सम्मका पुरुषहरु छन् । यस्तै सिन्धुली कमलामाइका एकजना २३वर्षीय पुरुष र रौतहट गुजराका १८ वर्षका पुरुष पनि संक्रमित भएका छन् । पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये म्याग्दी मंगाला गाउँपालिकाका एकजना १९ वर्षीय पुरुष, बाग्लङु ऋषिखोला बडीगाडका १० जना रहेका छन् । उनीहरु ३३ वर्षकी एकजना महिला र १६देखि ३३ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । यस्तै, पर्वतका ४ जना रहेका छन् । उनीहरु विहाती र फलेवास गाउँपालिकाका २१ देखि २८ वर्ष उमेर समुहका पुरुषहरु हुन् ।

यस्तै स्याङ्जा कालीगण्डकीका एकजना १८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सेती प्रोदेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरु डोटीका हुन् । उनीहरु ४५ वर्षकी एक महिला र २२ र २७ वर्षका दुुईजना पुरुष रहेका छन् । यस्तै, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका १५ देखि ३५ वर्ष उमेर समुहका पुरुषहरु छन् । यस्तै धुलिखेल अस्पतालको प्रयोगशालमा १७ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै कपिलवस्तु कृष्णनगरका १७ देखि ५२ वर्ष उमेर समुहका पुरुषहरु हुन् ।
यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १५ जनाको पोजेटिभ आएको छ । उनीहरु दाङको राजपुर, बगलाचुरी बबही गाउँपालिका र घोराही उपमहानगरपालिकाका १५ जना रहेका छन् । उनीहरुमध्ये २३ वर्षकी एक महिला र १६ देखि ३६ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एक सय ६जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये मुुगुुका एकजना २७ वर्षीय पुरुष र दैलेखका एक सय ५ जना छन् । उनीहरु मध्ये ५ वर्षकी बालिका सहित ३२ वर्ष सम्मका ५ जना महिला र ४ वर्षका बालक देखि ५५ वर्षसम्मका एक सय जना पुरुषहरु छन् ।

यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये झापाका २ जना १७ र २५ वर्षका पुरुषहरु र खोटाङ हलेसीका ३ जना २१ देखि ४५ वर्ष सम्मका पुरुष रहेका छन् ।यस्तै, प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै दैलेखका २ वर्षका बालक देखि ३६वर्ष सम्मका पुरुषहरु छन् । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ९३ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये बाराका ५ जना ९ देखि ३२ वर्षका पुरुषहरु, धनुुषाका ३० वर्षीया महिला र ३३ देखि ३७ वर्ष सम्मका पुरुषहरु छन् । यस्तै, कपिलवस्तुका विभिन्न विद्यालयमा क्वारेन्टाइनमा रहेका १२ जना छन् ।उनीहरु २६वर्षीया एकजना महिला र २१ देखि ४८ वर्ष उमेर समुहका पुरुषहरु छन् । यस्तै महोत्तरीका ३ जना रहेका छन् । उनीहरु १९ देखि ३६वर्ष उमेर समुहका छन् । यस्तै, रौतहटका ६४ जना छन् । उनीहरु स्थानगजरा,गढीमाइ र दुुर्गाभगवतीका ६महिने बालिका सहित ३ जना महिला र८ वर्षका बालक सहित४५ वर्ष सम्मका ६१ जना पुरुष रहेका छन् ।

यस्तै सर्लाही श्री प्राविमा क्वारेन्टाइनमा रहेका ३ जना १९ देखि ४० वर्ष उमेरका पुरुषहरु रहेका छन् । नेपालमा हालसम्म २ सय ९० जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका हुन् । जसमा पुरुष २३४ र ५६ रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६५ जिल्लामा कोरोना भाइरसका संक्रमितहरु फेला परेका छन् ।
कोरोनाबाट थप एक जनाको मृत्यु
जेठ २० गते मृत्यु भएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पाल्पाको पूर्वखोलाका ४५ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उनको २० गते मिसन अस्पताल पाल्पामा मृत्यु भएकोमा संकलित स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उनी भारतबाट आएर क्वरेन्टाइनमा बसेका थिए भने स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना भएपछि मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्