बाँकेको ठुरियामा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु, २१ घाइते

बाँके । जिल्लाको ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । आइतबार राति १२ बजे भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकमध्ये ११ जना पुरुष र एक जना महिला छिन् । घाइते २० जना पुरुष र एक महिलाको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा हाइस दुर्घटनामा परेको हो । मृतकहरुको सनाखत हुन बाँकी छ । उनीहरु दांग, रोल्पा, सल्यान र रुकुमका रहेको बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #गाडी दुर्घटना
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्