एकै दिन १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ सय १२
काठमाडौं । नेपालमा शुक्रबार एकै दिन १ सय ७० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा थप १ सय ७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिइएको हो । कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित महिला रहेको र सर्लाही घर भइ हाल पाटन अस्पतालमै रहेकी छन् ।
यस्तै, गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा ८४ जनामा पोजेटिभ देखियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ । बिहीबारसम्म १ हजार ४२ जनामा कोरोना पुष्टि भएको थियो ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ । यस्तै, आरडिटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा आरडिटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ । यस्तै, १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा उपचारपछि घर फर्किनेको संख्या २ सय ६ पुगेको छ ।
मृत्यु हुनको संख्या ६ पुग्यो
नेपालमा कोरोनाकै कारण ६ जनाले ज्यान गुमाएका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुषको मृत्यु कोरोनाभाइरसबाट भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले गरेको छ । उनको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो भने शव नेपाल ल्याइएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । मृतकको सम्पर्कमा रहेका व्यक्तिहरु केही क्वारेन्टाइनमा रहेको र कतिपयसँग सम्पर्कको प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । यसअघि गुल्मी, बाँके, सिन्धुपाल्चोक, ललितपुर र बाराका १–१ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाकै कारण ६ जनाको मृत्यु
ताजा खबर
- १सडकमा हिड्दा हिड्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ
- २बढ्यो पेट्रोल र डिजेलको मूल्य
- ३मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द
- ४एमालेलाई मिनबहादुरको १० रोपनी जग्गा दान, शिलान्यास गर्ने ओलीमाथि उठ्यो प्रश्न !
- ५सहकारीको एउटै प्रकरणमा सरकारको विभेद, कोही जेल कोही खुलेआम चुनौति दिदैं राजनीतिमा !
तपाईको कमेन्ट लेख्नुहोस्