नेपालमा कोरोना संक्रमित ११ सय पुग्यो, उपचारपछि १९० घर फिर्ता

काठमाडौं । नेपालमा शुक्रबार बिहान २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको नवलपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा देवचुली नगरपालिका १५ र ११ नवलपुर बस्ने २१ र १९ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । दुई जना गत जेठ ९ र १२ गते भारतबाट आएर देवचुलीको क्वारेनटाईनमा बसेका थिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइको छ । नेपालमा कोरोना संक्रमितको संख्या ११ सय पुगेको छ । नेपालमा हालसम्म ५ जनाको कोरोनाको मृत्यु भएको छ भने १ सय ९० जना निको भएर डिस्चार्ज भएका छन् । बिहिबार एकैदिन १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भयो । झापामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यस्तै, रौतहटका २० जनामा संक्रमण देखिएको थियो । यस्तै, महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
सप्तरीमा १४ जनामा संक्रमित थपिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको गरिक्षणमा १८ देखि ४२ वर्षका १२ जना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३२ र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, दैलेखका १७ देखि ४० वर्षका ७ पुरुष र २० वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।
दोलखाका दुई पुरुष, सोलुखुम्बु, मकवानपुर र नवलपुरका एक÷एक जनामा कोरोना भेटियो । स्याङजामा ३ दार्चुलामा एक कैलालीका कैलालीमा तीन, बर्दियाका ३ र बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा बिहीबार एकैदिन २३ जना र रुपन्देहीमा एकजना संक्रमित थपिएका छन् । पर्सामा ४ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार साँझ म्याग्दीमा पनि कोरोना संक्रमित भेटिएका थिए । बिहिबार एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्