रुकुम घटनाबारे छानविन गर्न ५ सदस्यीय छानविन समिति गठन
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले गत १० रुकुममा भएको जातीय हिंसाको घटनाबारे राष्ट्रियसभाको बैठकमा जानकारी गराएका छन् । राष्ट्रिय सभाका सांसदहरुले रुकुमको चौरजहारीमा भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापाको जबाफ मागेका थिए । मंगलबार राष्ट्रियसभामा बोल्दै मन्त्री थापाले ३ जनाको ज्यान गएको र ३ जना अझै बेपत्ता भएको सो घटनाले सरकारको ध्यानाकर्षण भएको बताएका हुन् । घटनाको अनुसन्धान गरेर प्रतिवेदन दिनका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ता कार्यालयका अधिकृत प्रतिनिधि र गृहमन्त्रालयको उपसचिव रहने गरी ५ सदस्यीय छानविन समिति गठन गरिएको पनि मन्त्री थापाले जानकारी दिए ।
घटना के भएको थियो त ?
काठमाडौं । शनिबार साँझ घरमा बुहारी भित्राउने भन्दै नवराज अन्य १८ जना साथीहरु लिएर रुकुमपश्चिमको चौरजहारी ८ सोती गाउँ पुगे । मल्ल थरीका आफ्नी प्रेमीका लिन जन्ती जस्तै गरी पुगेका नवराजलाई घरपरिवार सहित स्थानीयले लखेटे । पटक पटक नवराज र चौरजहारी नगरपालिका–८ की मल्ल केटीबीच बिवाह गर्ने प्रयत्न गरे । तर, केटीका परिवारले जात नमिल्ने भन्दै बिबाह गर्दिन मानेनन् । एक बर्षदेखिको प्रेम सम्बन्ध विवाहमा परिणत गर्ने केटीसँगको सहमति भएअनुसार नै उनी सोती गाउँ पुगेका थिए । तर, भैदियो अर्कै । दुलही लिन गएका छोरा नवराज भेरी नदीमा बेपत्ता भएको खबर परिवारसम्म पुग्यो । जसले उनीहरु छागाबाट खसेजस्तै भए । घरमा रुवाबासी चल्यो । नवराजसँगै गएका साथीहरु भन्दै छन् हामी भागेर ज्यान जोगायौं । घरेलु हतियारसहित आएर हामीलाई लखेटे र कुटीकुटी साथीहरुको हत्या गरेर भेरी नदीमा फालिदिए । जातकै कारण विवाह गराउन आफन्तले अस्वीकार गरेपनि भागेरै बिहे गर्ने केटा केटीबीच सहमति भएको साथीहरु बताउछन् ।
बिश्व भन्छ दुनियाँमा जात बर्ग लिंग केहीको भेदभाव छैन् । एक्साइसौं शताब्दीमा कुनै पनि चीज कोहीबाट टाढा छैन् । तर, हाम्रो समाज चाँहि यस्तो परिस्थितिबाट गुज्रीरहेको छ । जहाँ प्रेम गरेकै कारण मृत्यु उपहार दिइन्छ । यस्तै, भोगेका छन् जाजरकोट भेरी नगरपालिका ४ का २१ बर्षिय नवराज विक र उनका साथीहरुले ।
आफन्तलाई साथमा लिएर बिहेका लागि चौरजहारी पुगेका नवराज दुलही ल्याउन त परेको कुरा कहिल्यै नफर्किने गरी अस्ताए । भेरी नदीमा बेपत्ता भएकामध्ये नवराजको आइतबार बिहान शव फेला प¥यो । उनीसँगै गएका साथी चौरजहारीका टिकाराम सुनारले पनि ज्यान गुमाए । साथीको बिहेका लागि जन्ती बनेर जाँदा यसरी ज्यान नै जान्छ भन्ने कसैले सोचेको थिएन । दुबै जनाले ज्यान गुमाउँदा अझै चार जना बेपत्ता छन् । उनीहरुको खोजी यतिबेला पनि जारी छ । सोमबार दिउँसो उनै नवराजको घर जाजरकोट हामी पुग्दा गाउँका धेरै मानिस जम्मा भएका थिए । उनीहरु भन्दै थिए जातकै कारण हत्या गर्नेलाई कडा कारवाही गरियोस् । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले घटनाको निष्पक्ष छानविन हुनुपर्ने बताए । घटनामा संलग्न रहेको भन्दै प्रहरीले अहिलेसम्म चौरजहारी नगरपालिका–८ का वडाध्यक्षसहित १६ जनालाई नियन्त्रणमा लिएको छ । जातीय छुवाछुतविरुद्ध कानुन भएपनि व्यवहारमा कार्यान्वयन भएको छैन् । रुकुम पश्चिम जातीय छुवाछुत मुक्त पनि घोषणा भएको छ । तर, जिल्लामा छुवाछुत अन्त्य हुन सकेको छैन् । जातिय बिभेदका नाममा भएको यो घटनाको निष्पक्ष छानविन हुनुपर्छ र पिडितले न्याय पाउनुपर्छ । घटनालाई राजनीतिक रंग दिएर वा अन्य बाहनामा दोषीले उन्मुक्ती पाउनुहुन्न ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जातीय छुवाछुत
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्