सबैलाई छक्क पार्दै बढिरहेछ कोरोना संक्रमण, एक सातामा यसरी बढे कोरोना संक्रमित
काठमाडौं । यो एक साता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जेठको पहिलो साताबाट उकालो लागेको कोरोना संक्रमण घटेको छैन् । बरु, संक्रमणदर बिभिन्न जिल्लामा फैलिइरहेको छ । कोरोना संक्रमित नभेटिएको कर्णाली प्रदेशमा समेत यसैसाता ४ जनामा पोजेटिभ देखियो । गत सोमबार ८० जना, मंगलबार ३२ जना, गत बुधबार ३२ जना, बिहिबार कोरोना संक्रमित २९, शुक्रबार ५९ र शनिबार एकै दिन ७५ जनामा कोरोना संक्रमण भेटियो । यो तथ्याङक हेर्दा मंगलबार बाहेक अन्य बारमा कोरोना संक्रमण उच्चदरले बढिरहेको छ ।
नेपाल भारत सीमा नाकाबाट मानिसहरु भित्रिने क्रम बढेका कारण पनि कोरोना संक्रमण ह्वात्तै बढेको देखिन्छ । प्रदेश ५ का बाँके र कपिलबस्तुमा त कोरोना संक्रमित सबैलाई आश्चार्य पार्ने गरी नै देखिए । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । नेपालमा हालसम्म ३ जनाको कोरोनाबाट मृत्यु भइसक्दा ८० जना संक्रमित निको भएर घर फर्किएका छन् । देशभर शनिबार साँझसम्म ४५ हजार ९ सय ५९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।
पछिल्लो केहि दिनयता विभिन्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सांसद अनि प्रदेश सरकारको पहलमा भारतमा फसेका हजारौं नागरिकको उद्धार गरिदा प्रदेश पाँच, कर्णाली र सुदुर पश्चिम प्रदेशका क्वरेन्टाइनमा भीडभाड छ । सीमा क्षेत्रमा अब्यवस्थित तरिकाले स्वदेश फर्किनेहरुको भीडभाडले कोरोनाको जोखिम बढाइरहँदा भारतबाट आएकाहरुमै सबैभन्दा बढी कोरोना पोजेटिभ देखिएको छ । जनस्वास्थ्यविद्हरुले भारतबाट आउनेलाई रोक्न वा बेवस्थित गरिकाले ल्याउन नसके कोरोनाको महामारी झेल्नुपर्नेतर्फ सचेत गराइरहँदा नेपाल भारत–सीमा नाकाबाट दैनिक ६ हजार बढी नेपाली स्वदेश फर्किरहेका छन् । बिना चेकजाँच हजारौं मानिस त्यो पनि बिभिन्न जिल्लाका स्थानीय तहमा पुर्याउने गरी भित्रिएका ब्यक्तीहरुले सबैतिर कोरोना फैलिने त्रास बढेको छ । पछिल्लो समय भारतमा ह्वात्तै कोरोना बढिरहदा नेपाल भित्रिनेहरु थप जोखिममा परेका छन् । सीमा नाकामा रहेका स्थानीय प्रशासनले त अव नसकिने भन्दै आफै सर्तकता अपनाउन सुचना नै जारी गरिसकेका छन् ।
सात प्रदेश र ४१ जिल्ला कोरोनाबाट प्रभावित
प्रदेश नम्बर एक
संक्रमित संख्या ८६
१.झापामा ३६ संक्रमित, उपचारपछि निको भएका २
२.उदयपुरमा ३३ संक्रमित, उपचारपछि निको भएका २३
३.धनकुटामा ७ जना संक्रमित
४.मोरङ ५ जना संक्रमित
५.सुनसरी ३ जना संक्रमित
६.भोजपुरमा एक जना संक्रमित
७.खोटाङमा एक जना संक्रमित
प्रदेश नम्बर २
संक्रमितको संख्या १ सय ७२
१.पर्सा ९१ जना संक्रमित, उपचारपछि निको भएका ४
२.सर्लाहीमा ३३ जना संक्रमित
३.रौतहटमा संक्रमित २२ जना, उपचारपछि निको १
४.बारामा संक्रमित ११
५.धनुषामा संक्रमितको संख्या ९, उपचारपछि निको भएका १
६.महोत्तरीमा ३ जना संक्रमित
७.सप्तरी २ जना संक्रमित
८.सिराहामा १ जना संक्रमित
बागमती प्रदेश
संक्रमितको संख्या ३२
१.काठमाडौं ११ जना संक्रमित, उपचारपछि निको ४
२.चितवन ६ जना संक्रमित, उपचारपछि निको २
३.भक्तपुर ४ जना संक्रमित, उपचारपछि निको भएका २
४.धादिङ ३ जना संक्रमित, उपचारपछि निको भएका १
५.मकवानपुरमा ३ जना संक्रमित
६.सिन्धुपाल्चोक १ जना संक्रमित, संक्रमितको मृत्यु १
७.काभ्रेपलान्चोक १ जना संक्रमित
८.ललितपुरमा १ जना संक्रमित
९.रामेछापमा १ जना संक्रमित
१०.सिन्धुलीमा १ जना संक्रमित
गण्डकी प्रदेश
संक्रमितको संख्या ५
१.बागलुङमा २ जना संक्रमित, उपचारपछि निको २
२.नवलपुर २ जना संक्रमित
३.लमजुङमा १ जना संक्रमित
प्रदेश नम्बर ५
संक्रमित संख्या २ सय ७८
१.बाँकेमा १ सय ४२ संक्रमित, २१ जना उपचारपछि निको, १ को मृत्यु
२.कपिलवस्तु ८० जना संक्रमित, १० जना उपचारपछि निको भए
३.रुपन्देही ४० जना संक्रमित, उपचारपछि निको १
४.नवलपरासीमा ६ जना संक्रमित
५.दाङ ६ जना संक्रमित
६.बर्दियामा ३ जना संक्रमित
७.गुल्मीमा एक जना सक्रमित
कर्णाली प्रदेश
संक्रमित संख्या ४
१.सुर्खेतमा ३ जना संक्रमित
२.दैलेखमा १ जना संक्रमित
सुदुरपश्चिम प्रदेश
संक्रमित संख्या १४
१.कैलालीमा ७ जना संक्रमित, उपचारपछि निको ४
२.बैतडीमा ५ जना संक्रमित
३.कञ्चनपुर १ जना संक्रमित, उपचारपछि निको १
४.डडेलधुरा १ जना संक्रमित
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #एक साता कोरोना
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्