संविधान संशोधनमा कांग्रेस र जसपाबीच छलफल गर्ने तयारी
काठमाडौं । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालबीच संविधान संशोधनबारे छलफल गर्ने बताइएको छ । शनिबार काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दुई पार्टीबीच भएको छलफलमा संविधान संशोधनको बारेमा थप छलफल गरी अघि बढ्ने सहमति भएको हो । जसपा नेपालका नेताहरु संविधान संशोधन लगायतका विषयमा छलफल गर्न बुढानिलकण्ठमा पुगेपनि छलफल टुंगोमा पुगेको छ्रैन् ।
सरकारले नयाँ नक्सा जारी गरेपछि त्यसलाई आधिकारिकता दिन संविधान संशोधन गर्न लागेको छ । त्यसमै अन्य विषय समावेश गरि एकैपटक संविधान संशोधन गर्नका लागि सरकारलाई दवाव दिन जसपाले काँग्रेसलाई आग्रह गरेको थियो । जवाफमा काँग्रेसले यस विषयमा आ आफ्नो बैठकमा छलफल गर्ने र पुनः बैठक बसेर थप निर्णय गर्ने दुई दलबीच सहमति भएको बताइएको छ । बैठक छिट्टै बस्ने भनिएको भएपनि कहिले बस्ने भन्ने तय भएको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #संविधान संशोधन
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्