शनिबार बिहानै थपिए ३२ जना कोरोना संक्रमित
काठमाडौं । शनिबार बिहान नेपालमा थप ३२ जनामा कारोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो । ३२ जना थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । जहाँ १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन् ।
सर्लाहीको गडैतामा पनि थप १३ जनामा पुष्टि भएको छ । जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् । यसैगरी बाराको करैयामाईमा ३७ वर्षीय महिला तथा काठमाडौंमा ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षणमा गरिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । गाउँपालिकाका २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै, भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षण पनि चितवनको भरतपुर ६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु समेत भएको छ । खासगरी पछिल्लो समय भारतबाट नेपाल भित्रिएका ब्यक्तीहरुमा कोरोना भाइरस देखिरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्