नेपालमा फेरि ३० जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ४ सय ८७ पुग्यो
काठमाडौं । नेपालमा शुक्रबार बिहानै ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भारतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार थप ३० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । उनीहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरवपालिका–६ केसरबाघ चितवनका ७४ वर्षीया पुरुष र ७३ वर्षीय महिला रहेका छन् । यस्तै, नवलपरासी सुस्ता गाउँपलिका–५ र रामग्राम नगरपालिका–३ निवासी ३३ र ३५ वर्षी पुरुष र १५ वर्षीय महिलामा पनि कोरोना देखिएको छ ।
यस्तै, अन्य संक्रमितमा कपिलवस्तुको बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, र ५३ वर्षीय पुरुष तथा ८ वर्षीय बालिका समेत रहेका छन् । यस्तै, सर्लाहीको गोडैता नगरपालिकाका ८, ९, ११, १३ र १४ वर्षीय पुरुष तथा रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५ २७ ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुष तथा १८ वषीय युवतीमा पनि संक्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना पोजेटिभ
ताजा खबर
- १जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ७६ हजारको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी
- २अध्यादेशको काम फत्ते भएपछि संसद बैठक बोलाउन सरकार तयार
- ३बालेन सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिद्वारा जारी
- ४सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन
- ५कांग्रेसका पाँच भातृसंगठनका कार्यसमितिहरू स्वतः विघटन



तपाईको कमेन्ट लेख्नुहोस्