थपिए १५ जना कोरोना पोजेटिभ, पुग्यो संक्रमितको संख्या ३९०
काठमाडौं ६ जेठ । नेपालमा थप १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रदेश १ मा मात्रै ११ जना कोरोना संक्रमित भेटिएका हुन् । प्रदेश १ का झापामा ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन् । सोही गाउँपालिकामा एक युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् । सुनसरीमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ भने झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । प्रदेश १ मा अहिलेसम्म संक्रमितको संख्या ५४ पुगेको छ ।
त्यस्तै कपिलवस्तुमा ४ जना संक्रमित थपिएका हुन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ । दुई जनाको मुत्यु भएको छ भने ३७ जना उपचारपछि घर फर्किएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना पोजेटिभ
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्