करिव २० हजार बढी मानिस कोरोना परिक्षण कुर्दे, रिपोर्ट कहिले आउने टुंगो छैन्

काठमाडौं ६ जेठ । नेपालमा कोरोना संक्रमित दैनिक ह्वात्तै थपिदै जाँदा कोरोना परिक्षणको दायरा अझै बढ्न सकेको छैन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो बिवरण अनुसार यतिबेला देशभर २० हजाभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा बसेका मानिसहरु कोरोना परिक्षण कुरिरहेका छन् । क्वारेन्टाइनमा बसेका २० हजार र घर क्वारेन्टाइनमा बसेका केहीले कोरोना परिक्षण गराउन चाहिरहेका छन् । जसका कारण तत्काल नेपालमा २० हजारभन्दा बढी मानिसहरु कोरोना परिक्षणको प्रतिक्षामा बसेका छन् । पछिल्लो समय भारतबाट दैनिक हजारौ मानिसहरु नेपाल भित्रिरहेका छन् । उनीहरुको समेत कोरोना परिक्षण गराउनुपर्ने हुन्छ । तर, नेपालमा अहिले कोरोना परिक्षणको दायरा हेर्दा पालो कहिले आउला कुनै टुंगो छैन् ।
प्रदेश ५ मा मात्रै १४ हजार कोरोना परिक्षणको प्रतिक्षामा
प्रदेश पाँचका तराईका ६ वटै जिल्लामा कोरोना संक्रमणदर बढिरहेको छ । भारतबाट पछिल्लो १५ दिनमा भित्रिएकामध्ये १४ हजार ४ सय ७७ जना क्वारेन्टाइनमा बसिरहेका छन् । भारतबाट आउने ब्यक्तीमै कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गर्न लागिएको हो । तर, क्वारेन्टाइनमा कहिलेसम्म बसिराख्ने भन्ने कुनै पत्तो छैन । प्रदेशमा ३ वटा प्रयोगशाला छन् । तर, स्वाब काठमाडौं लगेर समेत परीक्षण गरिएको छ । दैनिक सरदर २ सय ५० मात्रै कोरोना परिक्षण हुँदा कहिले पालो आउँछ कुनै टुंगो छैन् । क्वारेन्टाइनमा बसेको १४ दिन अवधि पूरा हुँदा समेत कोरोना परीक्षण नभएपछि भाग्नेहरू पनि बढिरहेका छन् । क्वारेन्टाइनमा सुविधा राम्रो भएन भन्दै उनीहरुमध्ये सोमबार ४५ जना त भागेका पनि थिए । सबैभन्दा धेरै कपिलवस्तुमा एकै गाउँपालिकामा १५ सय जनासम्म क्वारेन्टाइनमा छन् । बाँकेको नरैनापुरमा एक जनाको मृत्यु भएपछि क्वारेन्टाइनमा बस्नेहरू झन् त्रासमा छन् । नेपालगञ्जमा पनि सिमा नाकाबाट आएका मानिसहरुको कोरोना परिक्षण हुन सकेको छैन् । कोरोना परिक्षण नै नभई थप जोखिम बढाइरहेको छ ।
कोरोना परिक्षण नै नभई दुई जनाको मुत्यु
काभे्रको धुलिखेल अस्पतालमा बिहिबार बेलुकी निधन भएकी २९ बर्षिय महिलालाई दुई दिनपछि अर्थात् शनिबार साँझ मात्रै कोरोना संक्रमण भएको पुष्टि भयो । बैशाख २५ गते शिक्षण अस्पतालबाट सुत्केरी भई डिस्चार्ज भएकी महिलामाथी कोरोना परिक्षण नै नहुँदै ज्यान गुमाउनुप¥यो । उनीको मुत्युले नेपालमा कोरोना परिक्षणको दायरा कति कमजोर छ भन्ने प्रष्ट देखाइदिएको छ । सिन्धुपाल्चोककी २९ बर्षिय महिलाले कोरोना भाइरस संक्रमण भएको थाहै नपाई ज्यान गुमाउनुप¥यो । कोरोना भाइरसको संक्रमण शिक्षण अस्पतालमा भयो या घरमै भेटघाटका क्रममा त्यो पनि खुलेको छैन् । काठमाडौंको टोखामा तरकारी पसल गर्दे आएकी ती महिला २५ गते शिक्षण अस्पतालमा छोरा जन्मिएपछि सिन्धुपाल्चोकको बाह्रबिसे पुगेकी थिइन । तर, गाउँ पुगेपछि उनीलाई स्वासप्रश्वासमा समस्या भयो र उपचारका लागि बाह्रबिसेस्थित प्राथमिक उपचार केन्द्रमा लगियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पताल त ल्याइयो तर, पुष्टि नहुँदै ज्यान गुमाउनुप¥यो । अस्पतालबाट घर पुगेको आठ दिनपछि मुत्यु हुनुले अर्थात् यो घटनाले देखाउछ कोरोना परिक्षणको दायरा कति फराकिलो छ भन्ने ।
त्यस्तै नेपालगञ्जको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको पनि मुत्यु भयो । तर, उनीमा कोरोना थियो या थिएन उनीले थाह पाउन सकेनन् । युवकको पनि मुत्युपछि मात्रै कोरोना परिक्षण गरियो र पोजेटिभ देखियो । नेपालमा कोरोना संक्रमणबाट मुत्यु भएका दुबै जनाको मुत्युपछि मात्रै कोरोना पोजेटिभ देखिएको छ । यो गम्भिर लापरवाही हो । कोरोना पोजेटिभ देखिने ब्यक्ती नै क्वारेन्टाइनमा बसेपछि थप जोखिम पैदा भएको छ । यसले पनि कोरोना परिक्षणको दायरा अझै पराकिलो हुन सकेको छैन् । त्यस्तै, कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा चैत १६ गते मृत्यु भएका पाल्पा रिब्दिकोटका ३४ वर्षीय बाबुराम थापाको पनि समयमै कोरोना परिक्षण हुन सकेन । मुत्युपछि मात्रै उनीको कोरोना रिपोर्ट नेगेटिभ आएपछि त्रासमा १२ दिनसम्म लासै उठेन । अन्य क्वारेन्टाइनमा बसेका ब्यक्तीहरुको पनि निधन हुँदा समयमै कोरोना परिक्षण नभएको भेटिएको छ । बालबालिका, बृद्धबृद्धा तथा उपचार गराइरहेका ब्यक्ती मात्रै होइनन् सुत्केरी तथा गर्भवती महिलाहरुको स्वास्थ्य र खाननिमा बढी ध्यान कोरोनाको उच्च जोखिम कम गर्न सामाजिक दुरी कायम गरौं ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #क्वारेन्टाइन
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्