संक्रमित संख्या २१७ पुग्दा, पत्रकार, स्वास्थ्यकर्मी र भिम रावलका सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ

काठमाडौं ३१ बैशाख । नेपालमा एकै दिन ८३ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितहरुको संख्या २१७ पुगेको छ। नयाँ तीन जिल्लामा कोरोना संक्रमण देखिएपछि १८ जिल्लामा कोरोना भाइरस फैलिएको छ । भक्तपुर, महोत्तरी र सर्लाहीमा नयाँ संक्रमित भेटिएका हुन् । काठमाडौँका १ र भक्तपुरका २ जनामा समेत कोरोना पोजेटिभ देखिएको छ । महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना देखियो । भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
कुन जिल्लामा कति पुगे संक्रमित ?
पर्सा ८२, उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म ४३ जना कोरोना निको भएर घर फर्किएका छन् ।
यस्तै, पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी एक महिनादेखि भने विदामा बस्दै आएका थिए ।
यस्तै, नेपालमै पहिलो पटक एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ देखिएको हो । कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका ८ जना नै कपिलवस्तु नगरपालिकाका हुन् ।
पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये २ जना पत्रकार पनि रहेका छन् । पर्सामा किटको अभाव हुँदा पत्रकारहरुको कोरोना परिक्षण गर्न कठिनाई भएको छ । बीरगञ्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावगीले त संघीय सरकार र प्रदेश सरकारले आफूहरुसँग समन्वय गर्न नचाहेको बताएका छन् । बीरगञ्जमा १ सय ८० मात्रै किट छन् । कोरोना संक्रमितको संख्या बढ्दा समेत किट नपठाएको मेयर सरावगीले गुनासो गरे ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरसको संक्रमण
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्