संघीय संसद बैठकमा सरकारमाथी नेताहरुको प्रश्नै प्रश्न, देउवाले भने नैतिक आधार गुम्यो

काठमाडौं २६ बैशाख । संघीय संसदमा प्रतिपक्ष दल मात्रै होइन सत्तापक्षीय नेताहरुले समेत सरकारका काम कारवाहीमा प्रश्न उठाएका छन् । संघीय संसदको बजेट अधिबेशनको पहिलो बैठकमा बोल्दै नेताहरुले सरकार कोरोनाका बिरुद्ध लड्ने समयमा अर्के काममा लागेको आरोप लगाएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको आरोप लगाए । स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, सांसद अपहरण, अध्यादेश लगायतका प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमाएको देउवाको आरोप छ । अहिलेको अभिभारा कोरोनाविरुद्ध कसरी राष्ट्रिय एकता गरेर अगाडि बढ्ने भन्ने रहेको भएपनि सरकार त्यसमा असफल भएको देउवाले बताए । सरकारमा नरहेर पनि संकटमा एकताबद्ध भएर लड्न सकिन्छ भन्ने राष्ट्रिय भावनाका साथ कांग्रेस लागिरहेको देउवाको भनाइ थियो ।रोजगारी गुमेका र सहजरुपमा रहत पाउनुपर्ने ले राहत पाउन नसकेको बताए । सुकम्बासीलाई जाउलो पुराउने तत्कालिन दायित्व विर्सिर सरकारले सुकुम्बासी आयोग गठन गर्ने काम गरेको भन्दै देउवाले आलोचना गरे । श्रमिक, बेरोजगार, डेरामा बस्ने विद्यार्थी र पत्रकार मिडिया हाउस पर्यटन व्यवसायी, साना व्यापारीदेखि उद्योगिलाई राहत दिने प्याकेज घोषणा गर्न सरकारसँग देउवाले माग गरे । नेता देउवाले दुई अध्ययादेश जारी गरेर गैर लोकतान्त्रिक र गैर जिम्मेवार चरित्र प्रस्तुत गरेको बताए । त्यस्तै, नेकपाका संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संसदको अपहरण प्रकरणबारे सरकारले संसदमा यथार्थ जानकारी दिनुपर्ने बताए । उनले सांसद अपहरणको घटना के भएको हो ? छिट्टै संसदमा जवाफ आउने बताएका हुन ।
त्यस्तै, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले यो दुई तिहाईको सरकारले दुई कौडीको काम गर्न नसकेको आरोप लगाए । उनले भने दुई कौडी’ को सरकारसँग केही पनि माग्न नसकिने बताउँदै महतोले देशलाई विकल्प चाहिएको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरे । उनले जनता महामारीबाट पीडित छ, यहाँ त अर्कै धन्दा पो भइरहेको छ । सरकार अर्को धन्दामा लागेको छ । पार्टी फोर्ने, सांसद चोर्ने रु सांसद अपरहण गर्ने गराउने के हो भयो भन्दै प्रश्न गरे । डा. सुरेन्द्र यादवको अपहरण गरेर सरकारले मानवताविरुद्धको अपराध गरेको भन्दै महतोले यस्तो सरकारले केही दिन नसक्ने आरोप लगाए ।
त्यस्तै, जनता समाजबादी पाटीमा नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर आराम गर्न सुझाव दिए । उनले बिदेशमा रहेका नेपालीहरु खानै नपाई छट्पटाई रहेको भन्दै त्यसको ब्यवस्थापन गर्न सुझाव दिए । बिदेशमा खान नपाएको भिडियो सार्वजनिक हुँदा पनि मन्त्रीहरुको आँखाबाट आँसु नआएको भन्दै ब्यंग्य गरे । भट्टराईले कोरोना महामारीका बिरुद्ध सबै एकबद्ध भएर लड्ने बेला सांसद अपहरणमा लाग्नुले सरकारका गतिबिधिमा प्रश्न उठाउने अनेक ठाउँ रहेको बताए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #संसदमा चर्काचर्की
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्