नेपालगञ्जमा फेरि ६ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौं २१ बैशाख । बाँकेको नेपालगञ्जमा आइतबार साँझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जमा मात्रै १६ जनामा कोरोना संक्रमित भेटिएका छन् । भेरी अस्पतालमा भइरहेको परिक्षणमा ३० जनाको परिक्षण गर्दा १६ जनामा संक्रमित भेटिएको हो । नेपालगञ्जमा ह्वात्तै कोरोना संक्रमण देखिएपछि यतिबेला नेपालगञ्जमा त्रास फैलिएको छ । ६० बर्षिय बृद्धा नमाज पढ्ने स्थानमा पुगेको, बिद्यालयमा पुगेको र गाउँ छिमेकमा पनि घुमफिर गरेका कारण संक्रमणदर अझ बढ्ने आकलन गरिएको छ । भारतबाट आएका ६० बर्षिय बृद्ध महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट ५ सय पर्खालबाट भाग्दा उनी पनि थिए भन्ने बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #संक्रमितको संख्या ७५ पुग्यो
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्