नेकपाको स्थायी समिति बैठक बैशाख २५ गते

काठमाडौं २० बैशाख । नेकपाको सचिवालय बैठकले बैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । बालुवाटारमा शनिबार राती बसेको बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । त्यस्तै स्थायी समिति बैठकको एजेण्डा तय गर्न बैशाख २४ गते सचिवालय बैठक पनि बस्ने भएको छ । बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समय मिलाएर प्रतिनिधिसभामा लैजाने पनि निर्णय गरेको छ । पाटीमा देखिएको बिबादबारे अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफनो गल्ती बारे आत्मआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपामा लामो रस्साकस्सीपछि प्रधानमन्त्री ओली स्थायी समिति बैठक बोलाउन तयार भएका हुन् । स्थायी समिति बैठक बोलाउन २० जना सदस्यले हस्ताक्षर समेत बुझाएका थिए । पाटीमा देखिएका कमजोरी सच्याउँदै पाटी एकढिक्का भएर लैजाने दुबै अध्यक्षले प्रतिबद्धता जनाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #बैशाख २५ गते स्थायी समिति
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्