नेकपाको स्थायी समिति बैठक बैशाख २५ गते
काठमाडौं २० बैशाख । नेकपाको सचिवालय बैठकले बैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । बालुवाटारमा शनिबार राती बसेको बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । त्यस्तै स्थायी समिति बैठकको एजेण्डा तय गर्न बैशाख २४ गते सचिवालय बैठक पनि बस्ने भएको छ । बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समय मिलाएर प्रतिनिधिसभामा लैजाने पनि निर्णय गरेको छ । पाटीमा देखिएको बिबादबारे अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफनो गल्ती बारे आत्मआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपामा लामो रस्साकस्सीपछि प्रधानमन्त्री ओली स्थायी समिति बैठक बोलाउन तयार भएका हुन् । स्थायी समिति बैठक बोलाउन २० जना सदस्यले हस्ताक्षर समेत बुझाएका थिए । पाटीमा देखिएका कमजोरी सच्याउँदै पाटी एकढिक्का भएर लैजाने दुबै अध्यक्षले प्रतिबद्धता जनाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #बैशाख २५ गते स्थायी समिति
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्