ताप्लेजुङमा आगलागी हुँदा ८ घर जले
काठमाडौं २० बैशाख । ताप्लेजुङको फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी हुँदा ८ घर जलेका छन् । शुक्रबार राति १० बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा रहेका घरमा आगलागी भएको हो । आगलागी फैलिन नदिन नजिकैका अन्य दुई घरहरु भत्काईएको थियो । भण्डारी खाजा घरबाट सुरु भएको आगलागी आसपासका घरहरुमा आगलागी भएको थियो ।
मानिस सुतिसकेको समयमा आगलागी भएपछि घरमा रहेका ग्यास सिलिण्डर विस्फोट भएर वातावरण झनै आतंकित भएको थियो । आगलागीपछि नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो । मध्यराति भएको आगालागी नियन्त्रणमा लिन समस्या भयो । आगलागीले स्थानीय खेम केसी, खड्क थापा, नेत्र कार्की,विनिता चिया पसल,सरस्वती पुस्तक पसल,कार्की पसल,भण्डारी खाजा घर,भट्टराई चिया पसल,सुदिर सिक्देलको इलोक्टोनिक पसल, मनिट्रान्फर लगायतको घर तथा पसल जलेर नष्ट भएका छन् । यसअघि २०६० चैत १५ गते मा बिरेन्द्र चोकको आगलागिमा भएको थियो । उतिबेला ४५ घर जल्दा ५१ करोड क्षति भएको थियो । २०७१ चैत ९ गते तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जले । ४१ करोड बराबरको क्षती भएको थियो । २०६८ मा शेर्पाटोल र ६९ सालमा टुक्रे बजारमा आगलागि भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोड क्षति भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #आगलागी
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्