६ वटा प्रदेशमा कोरोना पोजेटिभ,संक्रमितको संख्या ५९ पुग्यो
काठमाडौं १९ बैशाख । पछिल्लो समय नेपालमा बिभिन्न जिल्लामा कोरोना संक्रमित भेटिन थालेका छन् । सुरुमा काठमाडौंमा देखिएको कोरोना पोजेटिभ क्रमश बिभिन्न जिल्लामा फैलिइरहेको छ । दोस्रोमा सुदुपरिश्चम प्रदेश कैलाली र कञ्चनपुरमा कोरोना देखियो । त्यसपछि बाग्लुङमा दुई जनामा कोरोना पोजेटिभ देखियो । अव त कारोना नियन्त्रणमा आयो कि भन्ने बेला काठमाडौंको सनसिटी अपार्टमेन्टमा पनि कोरानो संक्रमणको पुष्टि भयो । प्रदेश ३ को चितवन र धादिङमा पनि कोरोना पोजेटिभ देखिएको छ । प्रदेशका उदयपुर र भोजपुरको एक मस्जिदका मानिसहरुमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला नै शिल गर्नुप्यो । प्रदेश एकमा त ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश दुईका रौतहट र जनकपुर र बारामा पनि कोरोना पोजेटिभ देखियो । प्रदेश दुईका बिभिन्न जिल्लामा पनि यतिबेला परिक्षणले तिब्रता पाएको छ । चौबिसघण्टामा कुनै पनि संक्रमित नभेटिएको स्वाथ्य मन्त्रालयले जनाएकै भोलीपल्ट अर्थात् शुक्रबार मात्रै प्रदेश ५ मा पनि कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार मात्रै बाँके र रुपन्देहीमा १ र १ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । रुपन्देही निवासी २५ वर्षीय पुरुष र र नेपालगंज बाँके निवासी ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कर्णाली प्रदेश बाहेक अन्य ६ वटा प्रदेशमा कोरोना पोजेटिभ देखिएको छ । ६ वटै प्रदेशका बिभिन्न जिल्लामा कोरोना पोजेटिभ देखिएपछि थप सुरक्षा सर्तकता अपनाउनुपर्ने देखिएको छ । अव स्वाथ्य मन्त्रालयले कोरोना परिक्षणको थप दायरा बढाउनुपर्ने देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #६ वटा प्रदेशमा कोरोना पोजेटिभ
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्