राहत वितरणमा मनपरी, छैन् कुनै मापदण्ड

काठमाडौं १७ बैशाख । संघीय सरकारले लकडाउनका कारण दैनिक मजदुर गरी साँझ र बिहानको छाक टार्न समस्या परेका सर्वसाधारणका लागि स्थानीय सरकारलाई राहत बितरण गर्न निर्देशन दियो । कतिपय स्थानीय सरकारले राहत बितरण बिपन्न तथा दैनिक ज्यालामजदुरी खाने परिवारको पहिचान पनि गरे । सोही अनुरुप राहात बितरण पनि गरियो । तर, अधिकांश स्थानीय तहमा राहत बितरणमा नै झमेला देखिएको छ । कतै वडाध्यक्ष र सदस्यहरुका बीचमा कुरा मिलेको देखिदैन् । उनीहरु राहत बितरणमा पनि राजनिती गरिरहेका खबर आइरहेका छन् ।
सर्लाहीमा धनी वर्गलाई राहत दिएको भन्दै बलरा नगरपालिकाका विपन्नले स्थानीय तहको राहत बहिष्कार गरेका छन् । राहत वितरण गर्न लाग्दा बिघौं जग्गा हुनेदेखि सरकारी जागिरे समेतलाई राहत उपलब्ध गराउन लागेको भन्दै दलित, गरीब र विपन्नले परिवारले राहत लिएनन् । जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर–४ राहत लिन जाँदा भएको बिबादमा प्रहरीको कुटपिटबाट सुजित साहको कानको जाली फुटाइदिएको आरोप पनि लागेको छ ।
डोटीको दिसी नगरपालिका वडा नम्बर ४ मा राहत बितरणमा जनप्रतिनिधिले मनोमानी गरेको भन्दै वडा कार्यालय नै तालाबन्दी गरे । यता पोखरा महानगरपालिका ९ बसपार्कसँगै बस्ने कृष्णटोलका सुकुम्बासी परिवारले पनि राहत नपाएको भन्दै आन्दोलन नै गर्नुपर्यो । कतिपय स्थानीय तहमा एकै ब्यक्तीले धेरै पटक राहत पाइसकेका छन् । तर, जो दैनिक साँझ र बिहान छाक टार्न समस्यामा परेका सर्वसाधारण छन् तिनिहरुले एक पटक पनि राहत पाएका छैनन् । लकडाउनको बुधबार ३७ औं दिन ।
सर्वसाधारण घरभित्रै बसेको पनि ३७ दिन पुग्यो । दैनिक उपभोग्य सामग्री खरिदका लागि समेत समस्या छ । जसको समन्वय स्थानीय सरकारले गर्नेपर्छ । कतिपय स्थानीय तहले त आफै खाना बनाएर समेत टोल–टोलमा समेत पुर्याइरहेका पनि छन् । ब्यक्तीगत तथा सामुहिक रुपमा पनि कसैको पेट भोको नरहोस भन्दै सामुहिक भोजनको ब्यवस्था पनि गरिएको छ । राहत बितरण एकद्धार प्रणालीबाट होस् भन्नैका लागि स्थानीय जनप्रतिनिधिलाई सरकारले निर्देशन दिएको थियो । तथ्याङक संकलनदेखि गरिव तथा बिपन्नको पहिचानका लागि स्थानीय सरकारको छनौट गरिएको हो । तर, कतिपय स्थानीय तह र जनप्रतिनिधि नै राहत बितरणमा बिभेद गरिरहेका छन् । यो समय राजनीतिक दल तथा कार्यकर्ता छुट्याउने बेला होइन को भोको रह्यो कसको चुल्हो बलेन भन्दै राहत दिने समय हो । झै झगडा र भिडभाड भन्दा पनि सहज रुपमा सामाजिक दुरी कायम गरी कोरोना भाइरसका बिरुद्ध एक भएर लड्ने बेला हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #राहत वितरणमा मनपरी
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्