नेकपा सचिवालय बैठक, बिबाद साम्य पार्ने प्रयास
काठमाडौं १७ बैशाख । सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बैठकबारे सहमति भएपछि आज साँझ ५ बजे बैठक बस्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने जनाइएको छ । नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन माग गर्दे आएका थिए । अध्यादेश प्रकरणपछि दबाबमा परेका ओलीले आलटाल गर्दै आए पनि मंगलबार दाहालसँगको भेटमा बैठक बोलाउने निर्णय भएको थियो । पाटीभित्र देखिएको बिबाद र नेताहरुको गुटगत भेलापछि बस्न लागेको बैठकले बिबाद साम्य पार्ने प्रयास गर्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #नेकपा
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्