नेकपा सचिवालय बैठकले साम्य पार्ला त बिबाद ?
काठमाडौं १६ बैशाख । सत्तारुढ दल नेकपाभित्र आन्तरिक द्वन्द्व उत्कर्षमामा पुगेका बेला आज सचिवालय बैठक बोलाइएको छ । पाटीमा एकपछि अर्को गुटगत भेला बस्न थालेपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् । सोमबार दिनभर प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको छलफलपछि सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकमा नेताहरुले आ–आफ्नो एजेण्डा र सरकारको कामकारवाहीमा प्रश्न उठाउने तयारी गरिरहेका छन् । शिर्ष नेताहरु नै प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्प खोज्न थालेपछि नेकपाको बिबाद सतहमा पुगेको छ । तर, ओलीपक्षधर नेताहरु भने प्रधानमन्त्री ओलीको बचाउ गर्ने तयारीमा जुटेका छन् । सम्भवत् आजको बैठकले स्थायी कमिटि बैठकको मिति तोक्ने बताइएको छ । पछिल्लो समय माधव नेपालको प्रधानमन्त्री ओलीसंग संवाद बाक्लिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल र बामदेव गौतम झस्किएका छन् । कोटेश्वरमा नेपाल र ओली समूहबीच वार्ता चलिरहँदा खुमलटारमा दिनभर अध्यक्ष दाहाल, खनाल र गौतम पनि छलफलमा जुटेका थिए । नेकपामा ओलीमाथि पार्टी अध्यक्ष र प्रधानमन्त्री पद दुवै छोड्न दबाब परेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा सचिवालय
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्