राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोनमा संवाद

काठमाडौं १६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रास्ट्रपति सी चीन जिनपिङबीच टेलिफोन वार्ता भएको छ । नेकपामा कलह चुलिएका बेला चिनियाँ राष्ट्रपति सीले भण्डारीसँग वार्ता गरेका हुन । । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्ववाका अनुसार राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग कोरोना भाइरसविरुद्धको लडाइँका लागि नेपाललाई आवश्यक सहयोग जारी राख्ने आश्वासन दिएका छन् । उनीहरुबीचको वार्तामा सीले दुई मुलुकहरूका स्वास्थ्य संस्थाहरुबीचको सम्पर्क र साझेदारी बलियो बनाउनेबारे जोड दिएका छन् । राष्ट्रपति भण्डारी र नेपालस्थित चिनियाँ राजदुत हाउ यान्छीसँग पनि भेट भएको थियो । राष्ट्रपति भण्डारीले एकाएक विदेशी राजदूतलाई भेट्नुलाई अर्थपुर्णरुपमा हेरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #राष्ट्रपति विद्यादेवी भण्डारी
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्