चितवनका एक जना कोरोना मुक्त
काठमाडौं १३ बैशाख । चितवनको भरतपुरमा कोरोना भाइरस पोजेटिभ देखिएका एक जना युवाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ । उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण भने कोरोना पोजेटिभ नै देखिएको छ । आमा अस्पतालमा नै रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बस्ने वा घरको क्वारेन्टाइनमा बस्ने टुङ्गो लागेको छैन ।
राप्ती नगरपालिका–८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरामा कोरोना भाइरस देखिएको थियो । शुरुमा आमामा र्यापिड डायग्नोष्टिक टेष्टमा शङ्कास्पद देखिएपछि आमा र दुई छोराको पिसीआर परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालामा आमा र एक छोराको पोजेटिभ देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनमा निगरानीमा राखिएको छ । भरतपुरबाट स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजेटिभ आएको थियो । परीक्षणअघि आमा र दुई छोरा अस्पतालमा रहेको भए पनि एक जना छोरालाई नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको थियो । चैत ३ गते बेलायतबाट यी आमा छोरा हङकङ हुँदै नेपाल आएका हुन् । दुई दिन काठमाडौँ बसेर उनीहरु घर आएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #नतिजा पोजेटिभ
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्