आज विनाशकारी महाभूकम्पको पाँचौ स्मृति दिवस, पुनर्निर्माणको काम अझै बाँकी
काठमाडौं १२ बैशाख । विनाशकारी भूकम्प गएको आज पाँच वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्यान गएको थियो । झण्डै २२ हजार जना घाइते भएका थिए । भूकम्पबाट भौतिक संरचनामा क्षति पुगको थियो । भूकम्पबाट क्षति भएका घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवन लगायतका पुनर्निर्माणको काम अझै पूरा भएको छैन् । भूकम्पले क्षति गरेका झण्डै ८८ प्रतिशत घर पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । लाभग्राही सूचीमा परेका आठ लाख २७ हजारमध्ये पाँच लाख घर बनेका र एक लाख ९० हजार घर बन्ने क्रममा रहेका छन् । झण्डै ७० हजार घरलाई सुरक्षित बनाउन प्रबलीकरणको काम भने बाँकी नै छ । त्यस्तै भूकम्प प्रभावित ३२ जिल्लामा क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार पाँच सय ९८ विद्यालय बनिसकेका छन् । एक हजार एक सय ९७ वटा स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ । ९ सय २० वटा सम्पदामध्ये चार सय दुई वटा सम्पदाको पुनर्निर्माण भएको छ । महत्वपूर्ण धरोहर धरहरासहित रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबार, गुम्बालगायतको पुनर्निर्माण सक्ने काम पनि बाँकी नै छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #महाभूकम्प
ताजा खबर
- १संसद, सिंहदबार जलाउनेहरुलाई महानायकको रुपमा प्रश्तुत गरिएको थापाको आरोप
- २एमसीसी खारेज गर्न हर्कराज राईको माग
- ३भदौ २३ र २४ गते घटनाका दोषीलाई कारवाही हुनुपर्छः कांग्रेस
- ४संसदको बैठकमा रविको सन्देशः संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन (भिडियो सहित)
- ५सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न सरकारको पत्राचार,पत्रकारहरुको बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्