नेपालमा थप तीन जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ४८ पुग्यो
काठमाडौं ११ बैशाख । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाथ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत काठमाडौंमा परीक्षणका क्रममा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीया युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको हो । त्यस्तै भोजपुरको हथुवागढीका २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भेटिएको हो । उनको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । त्यस्तै, तीन जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । काठमाडौंको सनसीटिका दुई जना कोरोना संक्रमित पूर्णरुपमा स्वस्थ्य भएर पाटन अस्पतालबाट डिष्चार्ज भएका छन् । कैलालीस्थित सेती अञ्चल अस्पतालबाट ६५ वर्षीया कोरोना संक्रमित महिला पनि उपचारपछि निको भएर डिस्चार्ज भएकी छन् । यो सहित नेपालमा निको हुनेहरुको संख्या १० पुगेको छ । वीरगञ्जमा चिया पसल गरेर बस्ने ती महिला लकडाउन हुनुअघि कैलाली पुगेकी थिइन् । त्यहाँ रहँदा उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको ४३ हजार ७ सय २२ वटा कुल परीक्षण गरिएको जनाएको छ । गत चौबीस घन्टामा मात्रै देशैभर ३ हजार ३ सय ५ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआरबाट ९ हजार १ सय ९९, र्यापिड टेस्टबाट ३४ हजार ५ सय २३ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल देशभर १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्