अध्यादेशबारे बुझाउँदै प्रधानमन्त्री ओली
काठमाडौं १० बैशाख । अध्यादेशमा पाटीकै नेताहरुको तिब्र असन्तुष्टि बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफललाई तिब्रता दिएका छन् । प्रधानमन्त्री निवास वालुटारमा नेकपाका शीर्ष नेताहरुलाई अध्यादेशबारे बुझाउन छलफलमा जुटेका छन् । छलफलमा प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ लगायत सहभागि रहेको छन् । उनीहरुले प्रदेशका सांसदहरुसँग छलफल गरेका हुन् । पार्टीहरू कानुनले बाँधिन नसक्ने बताउँदै नेताहरूको मन मिलेमा राजनीतिक दलहरू एकताबद्ध भएर जाने र मन नमिलेमा जति कसिकसाउ गरेपनि फुट्ने ओलीको तर्क थियो । प्रधानमन्त्रीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ ल्याउनुको औचित्य सांसदहरूलाई जानकारी गराइरहेका छन् । अन्य राजनीतिक दलका लागि आवश्कता परेकाले राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याएको बताउँदै आएका प्रधानमन्त्रीले सांसदहरूलाई भने कुनै पनि पार्टीलाई लक्षित गरेर वा कसैलाई फुटाउन लक्षित गरेर नल्याएको दाबी गर्दे आएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #बालुवाटार
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्