लकडाउनको ३० औं दिन, अझै घरमै बसौं
काठमाडौं १० बैशाख । सरकारले घोषणा गरेको लकडाउन आज एक महिना पुगेको छ । बुधबार लकडाउनको ३०औं दिनमा पनि राजधानी काठमाडौंसहित देशभर विहानैदेखि सुनसान छ । फाट्टफुट्ट अत्यावश्यक क्षेत्रका व्यक्ति र सवारी साधनको चहल पहल भएपनि तुलनात्मकरुपमा पहिले भन्दा कम मानिस बाहिर निस्केका छन् । सरकारले लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै ४ घण्टा उभ्याएर कारबाही गर्ने भएपछि सडकमा निस्किनेहरु घटेका हुन् । पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दुरी कायम गरेर मात्रै सडक छेउमै राखिने प्रहरीले जनाएको छ । अत्यावश्यक कामबिना सडकमा निस्किएकाहरुलाई प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ । सरकारले चौथो चरणमा थपिएको लकडाउन बैशाख १५ गतेसम्म तोकिएको छ । त्यसपछि पनि लकडाउन खोल्ने या थप्नेबारे कोरोना संक्रमितको संख्या देखिन्छ या देखिदैन् त्यसैमा निर्भर रहने देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #लकडाउन’
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्